एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रिसाल
काठमाडौं– एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णयवमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । रिसाल यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा विगत एक वर्षदेखि कार्यरत थिए । उनीसँग विगत २६ वर्षदेखि बैंकिंग तथा विमा क्षेत्रमा विभिन्न नेतृत्वदायी भूमिकाहरुमा रहि कार्य सम्पादन गरेको अनुभव रहेको छ । यस बैंकले आ.व. २०७२÷७३ को चैत्र मसान्तसम्म कुल निक्षेप रु.६४.१४ अर्व र कर्जा रकम रु. ५२.४९ अर्व परिचालन गरी रु. ९२.६५ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । २०५५ साउन ५ गते स्थापना भई २०७० आषाढ १६ गते तत्कालिन एन आई सी बैंक तथा बैंक अफ एशिया आपसमा मर्ज भै एन आई सी एशिया बैंकको रुपमा सँञ्चालन हुदै आएको यस बैंकको रजिष्ट्र्रड कार्यालय काठमाडौं ११ स्थित ट्रेड टावर भवन थापाथलिमा रहेको छ । अग्रणि बाणिज्य बैंकहरुमध्येको एक यस बैंकले ६७ वटा शाखा तथा ६९ वटा एटीएममार्फत ग्राहक समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण