प्रभू बैंकद्वारा प्रभातकालीन काउण्टर सेवा सञ्चालन
मङ्गलबार, ०४ जेठ २०७३, १२ : ५८
काठमाडौं–प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालन रहेको छ । बिदाका दिन बाहेक आईतबार देखि शुक्रबारसम्म प्रभातकालीन सेवा बिहान ८ः०० बजेदेखि सञ्चालन हुनेछ । प्रभातकालीन काउण्टर सेवा अन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ । बिदाको दिनमा प्रभातकालीन सेवा उपलब्ध नभए तापनि बैंकका अन्य सेवा भने यथावतै सञ्चालन हुने जनाइएको छ । हाललाई मुख्य शाखा कार्यालयबाट सुरु भएको यो प्रभातकालीन काउण्टर सेवाग्राहकहरुको आवश्यकतालाई मध्येनजर गर्दै आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा समेत सञ्चालनमा ल्याउने बैंकको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण