नेपालको पर्यटन प्रवर्द्धनमा जुट्यो एअर अरेबिया
काठमाडौं– एयर अरेबियाले नेपालको पर्यटन प्रबद्र्वनमा आफूले सघाउने घोषणा गरेको छ । नेपालमा आइतबार र बुधबार ४ तथा अरु बार दैनिक तीन उडान भर्दै आएको एयर अरेबियाले नेपालमा ठूलो पर्यटनको सम्भावना भएको भन्दै त्यसको प्रबद्र्धनमा आफूले सघाउने घोषणा गरेको हो । आइतबार राजधानीको नक्सालमा आयोजित पत्रकार सम्मेलनमा एयर अरेबियाकी बजार प्रमुख सालिनी राजनले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको भन्दै आफूहरुले आक्रामक प्रबद्र्धन गर्ने बताइन् । ‘ नेपालमा ठूलो पर्यटन सम्भावना छ, अब हामी जाने गन्तव्यमा नेपाललाई आक्रमक ढंगले प्रवर्द्धन गर्छौं’, पत्रकार सम्मेलनमा उनले भनिन् ।
उनले आफ्नो एअरलाइन्स कम्पनीले मुस्लिम बाहुल्य देशका साथै चीनबाटसमेत नेपालमा पर्यटक भित्र्याउन पहल गर्ने बताइन् । अरेबियाले जोर्डनको कासाबालान्का, इजिप्टको एलेक्जेन्ड्रिया, युएईको सारजहाँ, लगायतका एयर हवबाट मध्यपूर्व, अफ्रिका, दक्षिण एशिया, युरोप तथा चीनलगायत देशका ११५ भन्दा बढी स्थानमा हवाइ सेवा सञ्चालन गर्दै आइरहेको भन्दै ति स्थानमा नेपालबारे प्रचार गरी पर्यटन प्रबद्र्धन गर्न सघाउ पुग्ने उनको भनाई छ । नेपालमा सबैभन्दा धेरै टिकेटिङ गर्ने कम्पनीको रुपमा दर्ज भएको एअरलाइन्सले विश्वभरबाट गत वर्ष २ दशमलब १ मिलियन अर्थात २१ लाख यात्रुलाई सेवा दिएको थियो । सो अवसरमा उनले आफूहरुलाई नेपाल सरकार, नागरिक उड्ययन प्राधिकरण र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समेत राम्रो सहयोग पाइरहेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग पाइरहने विस्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण