बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मध्यपुर अस्पतालमा एकैसाथ तीन महत्वपूर्ण उपचार सेवा सुरु

मङ्गलबार, ०४ जेठ २०७३, १४ : २३
मङ्गलबार, ०४ जेठ २०७३

भक्तपुर – मध्यपुर थिमीमा रहेको मध्यपुर अस्पतालले एकैसाथ तीन महत्वपूर्ण उपचार सेवा सुरु गरेको छ । अस्पतालले एकैसाथ बोन म्यारो, मुटु रोग र मिर्गौला उपचार सेवा सुरु गरेको हो । अस्पतालमा आज आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिदै अस्पताल व्यबस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले एकैसाथ बोन म्यारो, मुटु रोग र मिर्गौला उपचार सेवा सुरु गरेको जानकारी दिएका छन् । बोन म्यारो उपचारका लागि अस्पतालका मेडिकल डाईरेक्टर एवं हाडजोर्नी बिशेषज्ञ डा. रामकृष्ण श्रेष्ठ, डा. शिक्षाप्रकाश श्रेष्ठ सहि तको टोलीले २४ सै घण्टा सेवा दिने छन् । मङलबारबाट नै मुटुरोग सेवा समेत सुरु गरेको छ । चारजना मुटुरोग विशेषज्ञको टोलीद्धारा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने बताए । मुटुरोगको शल्यक्रिया भन्दा अगाडिका मुटुको जाँच, मुटुको चाल लगायतका मुटु सम्बन्धी रोगको उपचार सेवा सुरु गरेको छ । त्यसैगरि अस्पतालले मिर्गौला रोगको समेत उपचार सेवा सुरु गरेको छ । एक जना बिशेषज्ञ सहितको टोलीले यो सेवा दिनेछन् । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. सुमन्त बञ्जाडेले उच्च रक्त चापलाई १२०÷८० मै कायम राख्नु पर्ने बताए । यो नम्बर बढेर उच्च रक्तचाप सुरु भएमा बिभिन्न रोगले आक्रमण गर्ने बताउँदै उहाँले उच्च रक्तचापलाई हेलचेक्राई गर्दा ज्यानै जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप