खै त सरकार किसानलाई अनुदान ?, प्रति किलो ७ सयमा किनेर धानको बिउ राख्दै किसान
भक्तपुर – गत वर्ष भुकम्प पीडित किसानलाई धान र कमैको बिउ उपलब्ध गराएको सरकारले यस वर्ष अनुदानमा बिउ उपलब्ध नगराउदा किसान महगोँमा किन्न बाध्य भएका छन् । अकाशे पानीको भरमा रोपाई गर्ने भक्तपुरका प्रायः सबै किसानहरुले जेठको पहिलोसाता देखि दोस्रो साता सम्म धानको ब्याड बनाएर बिउ राख्ने गरेका छन् । समयमै वर्षा भएमा असारको दोस्रो साता सम्ममा धैरै किसानले रोपाई गरी सक्ने गरेका छन् । भक्तपुर नगरपालिका वडा नं. २ का सुन्दर बोहजुले रोपाईको लागि राख्नको लागि स्थानिय निजि कृषि सामाग्री पसलबाट बासमती धानको बिउ प्रति केजी ७ सय रुपैयाँमा किनेको बताए । रातोपाटीसंग कुरा गर्दै उनले भने ‘ बिउ राख्ने समय भयो अब कसले कहाँ दिन्छ भन्ने हामीलाई थाहा छैन, पसलमा किन्नुको बिकल्प छैन’ । किनेर राखेको बिउ पनि समयमा पानी परेन भने रोप्न नपाइएला कि भन्ने चिन्ता बोहजुलाई मात्र होइन भक्तपुरका धेरै किसानलाई रहेको छ । प्रधानमन्त्री केपि शर्मा ओली र कृषि मन्त्री हरीबोल गजुरेलले २ वर्ष भित्रमा मुलुकलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने भनेर दिएको भाषण बोलीमा मात्र सिमित हुने देखिएको छ । समयमा पानी नपर्दा अन्नबाली गहुँमा आधा नोक्सानीमा परेका र समयमै मकै छर्न नपाएका धैरै किसानहरु अहिले प्रति केजी ७ सय रुपैयाँमा किनेर धानका र ३ सय प्रति केजीमा मकैको बिउ राख्न बाध्य भएका छन् । सरकारले खाद्यन्नमा आत्मनिर्भर बनाउने भनेर भनिरहदा किसानलाई आवश्यक समयमा बिउ, मल, कृषि औजार लगायतका सामाग्री उपलब्ध गराउन नसक्दा धैरै किसान अहिले समस्यामा परेका छन् । किसानलाई अनुदानको बिउ दिनको लागि यो वर्ष कृषि मन्त्रालयले कुनै रकम र बिउ जिल्लामा नपठाएको जिल्ला कृषि कार्यालय भक्तपुरकी प्रमुख पूर्ण ढुंगानाले जानकारी दिएकी छिन् । ढुंगानाले भनिन् ‘गत वर्ष भुकम्प पिडित किसानलाई भनेर २ टन मकैको बिउ आएको थियो हामीले बितरण ग¥यौ, तर यसपाली केहि आएको छैन’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण