सञ्चारउद्यमी अरुण सिंघानिया हत्याका सुटर सार्वजनिक, गोली हाने १० लाख दिने डिल
महोत्तरी– जनकपुरका सञ्चारउद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न रहेको आरोपमा मनक लामालाई पक्राउ गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ । मनक लामामाथि सिघानियाको हत्यामा सुटरको भूमिका निर्वाह गरेको आरोप छ । हिंघानियाको हत्यामा आरोपित लामा हत्या घटनापछि फरार रहँदै आएका थिए । हत्यापछि लामा बैदेशिक रोजगारीमा भागे प्रहरीले उनलाई गोप्य सूचनाको आधारमा शुक्रबार मोरंगको विराटनगर उपमहानगरपालिका वार्ड नं. २० स्थित बर्माटोलबाट पक्राउ गरेको थियो । मनक लामा भनिने ३० वर्षका मनकलाल थोकर धनुषाको धनुषाधाम नगरपालिका ६ का बासिन्दा हुन् । धनुषा प्रहरीले उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनी हत्यापछि वैदेशिक रोजगारमा मलेसिया भागेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने मुख्य सुटर लामा ः प्रहरी प्रहरी अनुसार सिंघानिया हत्याकाण्डको मोष्ट वान्टेड सुचीमा रहेको लामा मलेसियाबाट फर्केपछि उनी भारतमा लुकीछिपी बस्दै आएका थिए । सिंघानियालाई गोली प्रहार गर्ने मुख्य सुटर लामा रहेको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोसीले बताएका छन् । अभियुक्त लामाले पनि आफु नै अरुण सिंहानियालाई गोली प्रहार गरी हत्या गरेको पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । सोहि घट्नामा संलग्न प्रतिवादी एकलाल भनिने योगेन्द्र सहनीले आफुलाई एक जनालाई मार्नु छ ,त्यसको लागि पैसा दिन्छु , कुनै चिन्ता लिनु पर्दैन भन्दै हतियार दिई सिंघानियालाई चिनाएपछि शिवचोकमा गोली प्रहार गरी हत्या गरेको स्वीकारेका छन् । उनले आफुले घट्नाका मुख्य आरोपी धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित निलम्बित सांसद संजय साहलाई नचिनेको पनि बयान दिएका छन् । आफुले घट्नाका फरार प्रतिवादी सद्भावना पार्टीका केन्द्रिय सदस्य रामविनोद यादव , एकलाल सहनी ,चन्द्रदीप यादवलाई मात्रै चिनेको बताएका छन् । गोली हाने दश लाख दिने डिल गोली हानेर हत्या गरेवापत दश लाख रकम दिन्छु भनेकोमा हालसम्म आफुले रकम नपाएको लामाले जिकिर गरेकाछन् । आफुलाई हतियार चलाउन नआए पनि आफ्नो निशाना ठीक रहेको बताउँदै हतियार दिएर यसरी चलाउनु पर्छ भनेर उनीहरुले आफुलाई सिकाएको लामाको भनाई छ । रक्सी खाएर लामाले सिंघानियाको हत्या गरे आफु रक्सी खाएर मातेको अवस्थामा सिंघानियाको हत्या गरेको लामाको बयान छ । होलीको बेलामा साथीभाईसँग रक्सी खाएर लामा मातिएका थिए । रक्सीले मातिएको सुरुमा आफूले गोली हानेको लामाको भनाई छ ।
घटनापछि सरकारी गाडीबाट लामा जनकपुरबाट निस्किए घट्ना पश्चात एक सरकारी गाडीमा चढेर आफु धनुषाको किसाननगरसम्म पुगको उनले बताएका छन् । ‘हत्या गर्न डराउनु पर्दैन , तिमीलाई केही परे संजय दाइ छँदै छन्’ भनेर उनीहरुले आश्वासनसमेत दिएको लामाले बताएका छन् । पत्रकार सम्मेलनमा उपरीक्षक जोसीले सिंघानियालाई हत्या गर्न प्रतिवादीहरुको दुई दुई जनाको तीनवटा टोली रहेको बताए । बहसपछि लामा पुर्पक्षको लागि जेलचलान पक्राउ परेका सुटर अभियुक्त लामालाई हिजो आईतवार नै धनुषा जिल्ला अदालतमा हाजिर गराइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश नारायणप्रसाद शर्माको ईजलासमा भएको थुनछेक बहसपछि लामालाई प्राप्त सबुतप्रमाणको आधारमा दोषी देखिएकोले थुनामा राखी पुर्पक्ष गर्नु भनी सो इजलासले आदेश दिएको थियो । सो आदेश अनुसार लामालाई जलेश्वर कारागार पठाइएको छ । सोही घटनामा संलग्न अभियोगमा धनुषा निलम्बित सांसद संजय साह , मनक लामा ,रामविनोद यादव , योगेन्द्र सहनी ,चन्द्रदीप यादव ,ओमप्रकाश यादव ,मुकेश चौधरी ,विजय कुशियैत ,अंशी राईन , पवन लामा र रामकरण यादवलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर छ । घट्नाका मुख्य आरोपी एक जना अझै फरार घट्नाका मुख्य आरोपी रामविनोद यादव हालसम्म फरारकै अवस्थामा छन् । जनकपुर टुडे तथा रेडियो टुडेका सञ्चालक वि.स. २०६६ फागुन १७ गते होली पर्वको दिन साँझ जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण