तिब्बतीयन क्याम्पमा बसेर ठगी धन्दा, साथीदेखि मामासम्म ठगिए
काठमाडौं, जेठ ४–ललितपुरस्थित तिब्बतीयन क्याम्पमा बसेर ठगी धन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर गाविस–५ का जम्बा भोटे रहेका छन् । तिब्बतीय क्याम्पमा बस्ने उनले साथीदेखि आफन्तसम्मलाई विभिन्न प्रलोभनमा पारेर ठगि गरेको उजुरी प्रहरीसम्म पुगेपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई राजधानीको बागबजारबाट सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार भोटेले सोलुखुम्बुका साथी सरद राई र प्रेम कुमार मगरलाई विभिन्न प्रलोभनमा पारी राष्ट्रिय अनुसन्धान विभागको असई पदमा जागीर लगाई दिने भनि सरदबाट रु ४ लाख ५० हजार र प्रेम कुमारबाट रु २ लाख रकम लिएका थिए । यस्तै एवं सहोदर मामा जुम्प लेम्डुक भोटेको सालो वाड्डा भोटेलाई सरकारी जागिर दिलाई दिने भनि जम्पुबाट रु ८ लाख लिएका थिए । तर पछि उनी सम्पर्क विहिन भएपछि पीडितहरुले ठगीएको भन्दै महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । पक्राउ परेसँगै उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण