बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उखु किसानले भुक्तानी पाएनन्

मङ्गलबार, ०४ जेठ २०७३, १६ : २२
मङ्गलबार, ०४ जेठ २०७३

कञ्चनपुर - उखु बिक्री गरेको लामो समय भइसक्दा पनि कञ्चनपुरका उखु किसानले भुक्तानी पाउन सकेका छैनन् ।

दक्षिणी क्षेत्रमा रहेको महाकाली चिनी मिलमा उखु बिक्री गर्दै आएका यहाँका किसानले अझैसम्म पनि भुक्तानी पाउन नसकेका हुन् । महाकाली चिनी मिलले पुसदेखि यता खरिद गरेको उखुको रकम भुक्तानी नपाउँदा उखु किसान मारमा परेका छन् । अन्य क्षेत्रमा सरकारी दर अनुसार किसानले मूल्य पाए पनि यहाँ भने प्रति क्विन्टल रु ३८५ देखि ४०१ मा उखु बिक्री गरेका थिए । चिनी मिलसँग पटक/पटक पैसा माग्दासमेत बहाना देखाएर पैसा दिन आलटाल गरेको किसानले गुनासो गरेका छन् ।

उखु बिक्रीको भुक्तानी समयमै नपाउँदा आउँदो उखुखेती समेत प्रभावित हुने देखिएको किसानले बताएका छन् । अहिले उखुखेतीका लागि अधिकांश किसानले साहुबाट ऋण लिएर खेती गरिरहेका छन् । पुनर्वास, बेलौरी र बेल्डाँडीका ९० प्रतिशत किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

बेलौरी नगरपालिका– १४ का उखु किसान केशवराज जोशीले आफूले उखु बिक्री गरेको रु एक लाख ५० हजार भुक्तानी नपाएको गुनासो गरे । बेलौरीकै जोगिलाल चौधरीको रु ५० हजार, खेमराज पन्तको रु ५० हजार, ओम प्रकाश पन्तको रु २७ हजार चिनी मिलले भुक्तानी गरेको छैन । बेलौरीका उखु किसान ओमप्रकाश पन्तले किसानले प्रत्येक १५ दिनमा भुक्तानी दिनुपर्ने माग गरेपनि चिनी मिलले गत वर्षकै भुक्तानी नदिएको बताए।

किसानले शतप्रतिशत भुक्तानी गर्न बाँकी रहेको बताए पनि महाकाली चिनी मिलले भने २०÷२५ प्रतिशत किसानको मात्रै भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । चिनी मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले पुससम्मको भुक्तानी भइसकेको बताउनुभयो । उहाँका अनुुसार एक महिनामा करिब रु ८/९ करोड भुक्तानी गरिएको र बाँकी रकम असार मसान्तसम्ममा भुक्तानी गरिइसकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप