बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भैरहवा सीमा नाकाबाट चार युवतीको उद्धार

मङ्गलबार, ०४ जेठ २०७३, १६ : ३७
मङ्गलबार, ०४ जेठ २०७३
काठमाडौं–मानव बेचविखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था केआई नेपालले भैरहवा सीमा नाकाबाट चार जना युवतीको उद्धार गरेको छ । केआई नेपालले परिवारलाई जानकारी नदिएरै भारत जान लागेका ४ जना किशोरीलाई भैरहवाको सुनौली नाकाबाट प्रहरीको सहयोगमा उद्धार गरेको हो । मानव तस्करी रोकथामका लागि चालेको अभियान अन्तर्गत उनीहरुलाई नाकाबाट उद्धार गरी सस्थांको २ दिन संरक्षणमा राखि अहिले परीवारको जिम्मा लागाइएको केआई नेपाल भैरहवाका संयोजक तारा सापकोटाले जानकारी दिए । परिवारको जानकारी विना हिडेका उनीहरुलाई केआई नेपालले जिल्ला प्रहरी कार्यालयको सहयोगमा बेचिनबाट रोकेको हो । उद्धार गरिएका ती युवतीहरु भारतको गुजरातमा भूकम्प पछि आफुहरु घरबार विहिन भएको र जागिरको प्रलोभनमा जान लागेको जिल्ला प्रहरी कार्यलय वेल्हियाका प्रहरी सहायक निरीक्षक खिमबहादुर रानाले बताए । केआई नेपालले सीमामा अनुसन्धानका लागि युवतीहरुलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा भारत जान लागेको खुलेको हो । उद्धार गरिएका किशोरीहरु १८ र १९ बर्षका रहेका छन् । केआई नेपाल भैरहवा शाखाले पछिल्लो एक महिनामा ४३ जना चेलीलाई नाकाबाट उद्धार गरेको केआर्इ नेपालकी सुचना तथा सञ्चार अधिकृत सुरक्षा बरालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप