समाज सुुधारको लागि पुस्तक संकलन अभियान
इटहरी – पुस्तक माध्यमबाट समाज परिवर्तन सम्भव छ भन्ने उदेश्यले इटहरीका सामाजिक अभियानकर्मीहरुले पुस्तकालय निर्माणार्थ पुस्तक संकलन कार्यको शुरुवात गरेका छन् । इटहरी ५ स्थित जनता बस्तीलाई नमुना बस्तीको रुपमा रुपान्तरण गर्ने उदेश्यले सोही स्थानमा जन स्तरबाट पुस्तकालय निर्माण गर्ने योजना बनेको हो । अन्य बस्ती भन्दा सामाजिक रुपमा पछि परेको हुनाले पनि पुस्तकालय निर्माणमा इलाका प्रहरी कार्यालय इटहरी, जनता बस्तीका स्थानिय एवम संञ्चारकर्मी लागेका हुन् । मंगलबारबाट इटहरीको मुख्य स्थान रेउकाई चौतारीमा पुस्तक सकलनका लागि जुटेका अभियानकर्मीले पहिलो दिन करिव ५ सय पुस्तक संकलन भएको जनाएका छन् । पुस्तक संकलन लागि वुधवार र विहिवार विहान दश बजे देखि वेलुका ५ बजे सम्म अभियानकर्मीहरु बस्ने छन् । समृद्ध शहर निर्माणका लागि पुस्तकालयको आवश्यकता महशुस गरि इटहरीका सचेत युवा वर्गले पुस्तक संकलन गर्न सामाजिक संञ्जाल प्रयोग गरि अपिल गरेका छन् । इटहरीको सामाजिक अपराधमा उक्त बस्तीका युवा बढी सहभागी भएको पाइएकोले युवाहरको पठन संस्कृतीको विकास गर्नका लागि पुस्तकालय निर्माण गर्न स्थानिय लागी परेको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी ओम प्रसाद अधिकारीले जानकारी दिए । उनले सामाजिक अभियन्ता, स्थानियवासी र प्रहरीको सक्रियतामा इटहरी नमुना पुस्तकालयको निर्माण गर्नको लागी सबै एकजुट भएर लाग्न आग्रह समेत गरे । यस्तै इटहरीका स्थानिय एवम अधिकारकर्मी हिरा आर्चायले पनि सामाजिक हितको लागी पुस्तक संकलन अभियानले जनता बस्तीका युवाहरुमा सकरात्मक प्रभाव पर्ने बताए । इटहरी उप–महानगरपालिका क्षेत्रमा सबै भन्दा बढी पिछडीएको बस्ती भएकै कारण नकरात्मक सोच परिवर्तन गर्न पुस्तकालय सहि माध्यम बन्ने आर्चायले बताए । बिशेष गरी इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ५ मा पर्ने जनताबस्तीलाई नमुना बस्तीको रुपमा स्थापित गर्ने अभियान चलाएको हो । यस क्षेत्रमा सबै भन्दा बढी युवाहरु कुलतमा फस्ने अपराधीक कृयाकलापमा संलग्न रहेको प्रहरीको तथ्याडक छ । यस कारण पनि प्रहरीले जनताबस्तीलाई सुधार उन्मुख अनि अन्य बस्ती भन्दा नमुना रुपमा स्थापित गर्ने अभियान अन्तर्गत पुस्तकालय निर्माण अभियान शुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण