बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा दैनिक १५० जनालाई कुकुरले टोक्छ

मङ्गलबार, ०४ जेठ २०७३, १५ : ५४
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौँ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १५० जनाभन्दा बढी कुकुरको टोकाइबाट उपचारका लागि आउने गरेका छन् । अस्पतालका निर्देशक डा केदारप्रसाद सेन्चुरीका अनुसार करिब २०० बिरामीमध्ये १५० भन्दा बढी बिरामी कुकुरको टोकाइका कारण अस्पताल आउँछन् । काठमाडौँ उपत्यकामा रहेका भुस्याहा कुकुरको नियन्त्रण हुन नसक्दा कुकुरले टोकेका बिरामीको सङ्ख्या पनि घट्न नसकेको उनको भनाइ छ । यसका लागि काठमाडौँ महानगरपालिकासँगको समन्वयमा कुकुर नियन्त्रणका विभिन्न कार्यक्रम भइरहे पनि प्रभावकारी हुन सकेको छैन । अस्पतालमा आउने अधिकांश बिरामीको उपचार सफल हुने गरेको भए पनि गत वर्ष रेबिजको लक्षण देखिइसकेकाले चार जनाको मृत्यु भएको उनले जानकारी दिए । उनले भने – “टोकाइपछिको लक्षण हेरी बिरामीलाई सुईको मात्रा कति दिने भन्ने तय हुन्छ, कुकुरले टोकेको भन्दैमा सबै बिरामीलाई एकै मात्राको सुई लगाउनुपर्दैन ।” रेबिजको लक्षण देखिइसकेका बिरामीको उपचार भने सम्भव हँुदैन”, उनले भने –“रेबिजको लक्षण देखिएको दुई हप्तापछि बिरामीको मृत्यु हुन्छ ।” बिरामीमध्ये सर्पको डसाइका कारण दैनिक पाँच जनासम्म उपचारका लागि अस्पताल आउने गरेका छन् । “सर्पको टोकाइका बिरामी काठमाडौँ उपत्यकाभन्दा पनि बाहिरी जिल्लाका बढी आउँछन्” – उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप