बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आइएमईसमुहद्वारा अशोक लेलैण्डको औपचारिक कारोबारको सुरुवात

मङ्गलबार, ०४ जेठ २०७३, १७ : ०६
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौं–नेपालकै अग्रणी संस्थाहरुमध्ये एक आइएमई समुहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबु, नयाँबसपार्कमा रहेको अशोक लेलैण्डको अत्याधुनिक सुविधा सम्पन्नख सर्भिस सेन्टरको एक समारोहबीच भव्य उद्घाटन गरेको छ ।

[caption id="attachment_821" align="alignleft" width="729"] file photo[/caption]

उक्त ३५००० वर्गफिट एरियामाअवस्थित सर्भिस सेन्टरकोे उद्घाटन आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा कार्यकारी निर्देशक हेमराज ढकालका साथै अशोक लेलैण्डका प्रबन्धनिर्देशक विनोद के. देसारी तथा अशोक लेलैण्डकै प्रेसिडेन्ट — ग्लोबल सेल्स् तथा डिस्ट्रिब्यूशनका राजीव सहारियले संयुक्त रुपमा गरे ।

भारतस्थित अशोक लेलैण्ड लि. ले नेपालको लागि एक मात्र अधिकृत विक्रेताको रुपमा आई.एम.ई ग्रुपअन्तगर्तको एलटी इन्टरप्राइजेजलाई नियुक्त गरेदेखि आईएमई समुहको यस कम्पनीलेमात्र अशोक लेलैण्डको गाडीहरु आयात तथा विक्रीवितरणका साथसाथै सर्भिस र स्पेयर्सको ब्यवस्थागर्दै आएकोे छ । साथै नेपालभर रहेकाआफ्ना सर्भिस सेन्टरहरु तथाअथोराइज्ड सर्भिस सेन्टर र स्पेयर पार्टस आउटलेट मार्फत सर्व–सुलभ रुपमाबिक्री पछिको सेवाउपलब्ध गराएको छ । अशोक लेलैण्ड भारतकै सबै भन्दाठुलो बसउत्पादनगर्ने कम्पनी रहेको छ । साथै, अशोक लेलैण्डले १.५ टन क्षमताको सानापिकअप, सात सिट क्षमताको एम पिभी देखि लिएर ४९ टन क्षमता सम्मका ठुला टे«क्टर–टे«लरहरु र ५०÷६० सिटक्षमताकाबसहरु, ट्रिपर ट्रकहरु निर्माण गरी विश्वभर बिक्रीगर्ने गर्दछ ।

बिक्री शुभारम्भ समारोहमा आफ्नो मन्तव्य राख्दै आइएमईका कार्यकारी ढकालले भने “ यो नयाँ सुरुवात भएको र अशोक लेलैण्ड लि.ले उत्पादन गर्ने सबै प्रकारका गाडीहरुको एक मात्र डिस्ट्रिब्युटरको रुपमा कार्य गर्न पाउँदा गर्ब महसुस भएको छ ।

कम्पनीले निकट भबिष्यमा काठमाण्डौमा नै अर्को सुविधा सम्पन्न वर्कशप खोल्ेन तयारी समेत गरेको छ ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्रुप नेपालको अग्रणी संस्था हो जसको रेमिटेन्स, बैंकिङ्ग तथा इन्स्योरेन्स, अटोमोबाइल्स्, इनर्जी (हाइडेल, अद्यौगिकग्यास), ट्राभल–टुर्स्, लजिस्टिक्स्, फर्मास्युटिकल्स्, आइटी तथा रियल इस्टेट् जस्ता विस्तृत विकासोन्मुख क्षेत्रहरुमा लगानी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप