बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ को तयारी पूरा

मङ्गलबार, ०४ जेठ २०७३, १७ : २७
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौं– “नेपाल जेम एण्ड ज्वेलरी काउन्सील” को आयोजनामा यही जेष्ठ ७, ८ र ९ गते होटल याक एण्ड यति,दरबार मार्ग काठमाडौंमा “नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६” को आयोजना हुने भएको छ । सो एक्पोको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपाली आभुषण तथा हस्तकलाको मौलिकता, विविधता, विशिष्ट क्षमता आदि पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात् प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान गर्ने मूलभूत लक्ष्यका साथ एक्सोको आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक्पोमा कुल  ५९ वटा स्टल राखिने छन् । त्यस मध्ये स्वेदशी ५३ र विदेशी ६ वटा हुनेछन् ।

एक्स्पो मार्फत  अन्तर्राष्ट्रिय आभुषण बजारमा नेपाली गहना निर्यातका लागि व्यवसायीलाई अभिप्रेरित गर्न तथा बाह्य कम्पनीहरुलाई नेपालको आभुषण एवं रत्न, पत्थर आदि क्षेत्रमा आधुनिक उच्चतम प्रविधि तथा संयुक्त पूँजी निवेशका लागि प्रोत्साहित गर्न सहज हुने अपेक्षा गरिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप