टोरेस, कोस्टा र माटा अटाएनन् स्पेनको टोलीमा
काठमाडौं – चेल्सी स्ट्राइकर डिएगो कोस्टा सन् २०१६ को युरोकपका लागि स्पेनको २५ सदस्यीय टोलीमा पर्न असफल भएका छन् । यस सिजन कोस्टाले चेल्सीबाट खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् ।
प्रशिक्षक भिन्सेट डेल बोस्कले कोस्टासँगै एथ्लेटिको फरवार्ड फर्नान्डो टोरेस र म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर हुवान माटालाई समेत छनौट गरेनन् ।
पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका टोरेस पनि छनौट हुन असफल रहे । एथ्लेटिकोका लागि पछिल्ला १० खेलमा ७ गोल गरेका छन् । उनले सन् २००८ को युरोकप फाइनलमा विजयी गोल गरेका थिए भने उनले चार वर्षअघि गोल्डन बुट पनि जितेका थिए ।
उनको स्थानमा रियल म्याड्रिडका लुकास भाजक्वेज, एथ्लेटिकोका साउल, अल्भारो मोराटा, आरिज अडुरिज, नोलिटो लगायतले स्थान पाएका छन् ।
माटा पनि इस्को, आन्द्रे इनियस्टा, सिसेक फाब्रिगास लगायतसँग पछि परे ।
डिफेन्डिङ च्याम्पियन स्पेन समूह डीमा रहेको छ । समूहमा चेक रिपब्लिक, टर्की र क्रोएसिया रहेका छन् ।
सन् २०१२ मा इटालीलाई ४–० ले पराजित गर्दै स्पेनले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण