बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

४० वर्ष नाघेको व्यक्ति अध्यक्ष बन्ने गरेको भन्दै आपत्ति

मङ्गलबार, ०४ जेठ २०७३, २२ : ०९
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौँ- नेपाल विद्यार्थी सङ्घमा उमेरको हद लगाउनुपर्ने विद्यार्थी नेताले माग गरेका छन् ।

विभिन्न क्याम्पसका नेवि सङ्घका नेताले मंगलबार आयोजना गरेको कार्यक्रममा नेवि सङ्घको राजनीतिमा ४० वर्ष उमेर नाघेका व्यक्ति अध्यक्ष बन्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेवि सङ्घ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष सुशील भट्टले युवालाई नेतृत्वमा स्थापित गर्नका लागि सामाजिक एजेण्डा बनाएर जानुपर्ने बताए ।

नेवि सङ्घ पद्यकन्या बहुमुखी क्याम्पसकी अध्यक्ष साधना घिमिरेले क्याम्पस छाडेका पाँच वर्षसम्म पनि नेवि सङ्घको नेता हुने गरेको भन्दै अबको अधिवेशनले यसलाई अन्त्य गर्नुपर्ने बताइन् ।

नेवि सङ्घ नेपाल ल क्याम्पसकी अध्यक्ष रञ्जिता कार्कीले नेवि सङ्घको महाधिवेशन समयमा हुन नसक्दा सङ्गठनमा युवा आउन नसकेको गुनासो गरे ।

नेवि सङ्घ एनआर क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, थापाथली क्याम्पसका अध्यक्ष नारायण घिमिरे, वाल्मिकी क्याम्पसका अध्यक्ष रवीन्द्र बराकोटी, मनोहर क्याम्पसका अध्यक्ष निरञ्जन थापालगायतले विद्यार्थी नभएका व्यक्ति विद्यार्थी राजनीतिमा आएको भन्दै अबको महाधिवेशनमा यस विषयलाई सामाजिक मुद्धा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप