हवाहुरीले रूख ढल्दा एकको मृत्यु, तीन घाइते
बुधबार, ०५ जेठ २०७३, ०९ : ४७
पर्सा - हावाहुरीले ढलाएको रूखले च्यापेर पर्साको निर्मलबस्तीमा मङ्गलबार एक महिलाको मृत्यु भएको छ । एक्कासि आएको हवाहुरीले रूख ढल्दा अन्य तीन जनासमेत घाइते भएका छन् ।
पर्सा वन्यजन्तु आरक्षको जङ्गलमा हावाहुरीले ढालेको रूखले च्यापेर पर्साको निर्मलबस्ती–५ की ३० वर्षीया शान्तमाया श्रेष्ठको मृत्यु भएको हो । घाइते भएकी शान्तमायालाई उपचारका लागि सदरमुकाम वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
रूखले च्यपिएर निर्मलवस्ती–५ कै ३५ वर्षीया दूधमाया श्रेष्ठ, ४० वर्षीय फुटुङ श्रेष्ठ र १६ वर्षीया मनिला श्रेष्ठ घाइते भएका छन् ।
उनीहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । गाउँ नजिकै रहेको आरक्षको जङ्गलमा बाख्रा चराउन गएका चारैजनालाई साँझ ५ बजेतिर वर्षासँगै तीव्र गतिमा आएको हावाहुरीका कारण ढलेको सालको रूखले च्यापेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण