बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
सारांश
- प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् ।
- उनले राज्यको गलत नीतिका कारण १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्ज्वल तामाङसम्मले ज्यान गुमाएको जानकारी दिइन् ।
- सांसद गुरुङले यी मृत्युहरूलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको रूपमा चित्रण गरिन् ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप सङ्कटमा परेको बताइन् ।
उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।
सांसद गुरुङले यी मृत्युहरूलाई सामान्य रूपमा लिन नसकिने भन्दै यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्याको रूपमा चित्रण गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण