यसरी सिंगारिँदैछ लुम्बिनी (फोटोफिचर)
बुधबार, ०५ जेठ २०७३, १९ : ४३
भैरहवा - २५६० औं बुद्ध जयन्ती नजिकैदै जाँदा लुम्बिनीमा त्यसको तयारी तीव्र बनाइएको छ । लुम्बिनीको बृहत सरसफाई देखी सुरक्षा, पाहुनाहरुलाई राख्ने स्थान र खानपिनको समेत ब्यावस्थाबारे जानकारी लिन क्षेत्रिय प्रशासक आफै लुम्बिनीमा खटिएका छन । बुद्ध जयन्तीको लागी अहिले कर्मचारीहरु लुम्बिनीमा रंगिबिरंगी ध्वाजा पताका लगाउने देखी सरसफाई गर्नमा ब्यस्त छन ।
लुम्बिनीको मायादेवी मन्दिर मात्र नभई लुम्बिनी बिकास कोष भित्र रहेका बिभिन्न देशका गुम्बा, मन्दिरहरु समेत अहिले झकिझकाउ देखिएको छन । बिकास कोष भित्र रहेका चाईनिज टेम्पल, कोरियन टेम्पल, थाई टेम्पल लगायतका मन्दिरहरु सरसफाई गरि सिंगारिने क्रम द्रुत गतिमा अगाडी बढिरहेको छ । लुम्बिनीको मायदेवी परिसर, केन्द्रिय नहर, बसपार्क, कार्यक्रम स्थल लगायतका स्थानहरुमा सरसफाई कार्य जारी रहेको लुम्बिनी बिकास कोषले जनाएको छ । बुद्ध जयन्ती नजिकैदै जादा क्षेत्रिय प्रशासन कार्यालय पोखराका प्रमुख क्षेत्रिय प्रशासक शंकर प्रसाद कोईराला पनि यति वेला लुम्बिनीमा ब्यस्त छन । उनी सहित क्षेत्रिय प्रहरी प्रमुख सहितको सुरक्षा प्रमुखहरुको टोली पनि लुम्बिनीमै खटिएको छ । बुद्ध जयन्ती आउन तीन दिन मात्रै बाँकी रहदा लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी तथा सुरक्षा प्रबन्ध मिलाउन लुम्बिनी आएका क्षेत्रिय प्रशासक कोईराला बुद्ध जयन्ती सम्पन्न नहुदा सम्म लुम्बिनी मै बस्ने कार्यक्रम रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए । राष्ट्रपति बिद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गईरहेको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई हरेर प्रकारले सफल पार्नका लागि उनि सहित क्षेत्रिय स्तरबाट सुरक्षा प्रमुखको टिम लुम्बिनीमा आएको प्रजिअ ढकालले बताए । क्षेत्रिय प्रशाशक आईसकेपछि थुप्रै तयारीका काम सम्पन्न गरिसकिएको उनले बताए । मंगलबार मात्रै पोखराबाट लुम्बिनी आएका क्षेत्रिय प्रशासकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा भैरहवामा बुद्ध जयन्तीको तयारीबारे जिल्ला स्थित दलका प्रमुख तथा प्र्रतिनीधि, सामाजिक संघ सस्थाका प्रतिनीधि, संचारकर्मी लगायतसँग समन्वयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । त्यसैगरी बुधबार बिहानै देखि क्षेत्रिय प्रशासक कोइराला, क्षेत्रिय प्रहरी प्रमुख डिआईजी कमल सिहं बम, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल, लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेर बहादुर बस्नेत लगाएत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले लुम्बिनी स्थित कार्यक्रम स्थल, मायादेवी मन्दिर, शान्ति दिप लगाएका क्षेत्रको निरिक्षण गर्नुका साथै सरसफाईमा सहभागि भए । सबैजना सरसफाईमा सहभागि हुनुका साथै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र लुम्बिनी बिकास कोषका पदाधिकारी तथा कर्मचारीले लुम्बिनीका चारै तर्फ बृहत रुपमा सरसफाई गरेको लुम्बिनी बिकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए । रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ्गले लुम्बिनी आउने अतिथि एवम अन्य आकस्मिक आई पर्ने बिभिन्न बाधाहरुलाइै समेत ध्यानमा राख्दै सम्पूर्ण सुरक्षा ब्यावस्था मिलाईएको दावी गरे । उनले बिभिन्न देशबाट आउने अतिथि लगायत देशकै महत्वपूर्ण ब्यक्तित्वकोहरुको सुरक्षाको लागी सुरक्षा निकायमा ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण