किमसँग भेट्ने ट्रम्पको योजना
वासिङटन – रिपब्लिकका तर्फबाट अमेरिकी राष्ट्रतिको उम्मेद्वार रहेका डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर आणविक कार्यक्रमका विषयमा कुराकानी गर्ने बताएका छन् । ‘म उनीसँग कुरा गर्नेछु । उनीसँग कुरा गर्न मलाई कुनै समस्या छैन्’– व्यवसायी ट्रम्पले भनेका छन् । ट्रम्प र जोङबीचको भेटवार्ताले अमेरिकी परम्परागत राजनीतिमै परिवर्तन ल्याउन सक्ने बताइएको छ । यता डेमोक्रयाटकका तर्फबाट राष्ट्रपतिय चुनावको अग्रपंक्तीमा रहेकी हिलारी क्लिन्टनले ट्रम्पको अभिव्यक्तीले विदेश नीतिसँग कुनै सम्बन्ध नराख्ने र यो आधारहिन रहेको बताएकी छिन् । उनले विदेशका शक्तीशाली मान्छेसँग यसरी कुराकानी गर्छु भन्नु आश्चर्यको विषय रहेको बताइन् ।
फक्स न्यूजसँगको फरक–फरक अन्तरवार्ताका क्रममा ट्रम्पले पछिल्ला ९ महिना सोचेजस्तो चुनावी प्रचार गर्न नसक्दा आफूलाई पश्चाताप लागेको बताएका छन् । उनले नोभेम्बरमा हुने राष्ट्रपतिय चुनाव अगाडी बेलायतको समेत भ्रमण गर्ने योजना बनाएका छन् । आगामी जुलाईमा औपचारिक रुपमा रिपब्लिकनको उमेद्वार बनेपछि उनले बेलायत भ्रमण गर्ने कुटनीतिज्ञहरु बताउँछन् । यसअघि उनले अघिल्लो सातामात्रै बेलायतसँग अमेरिकाले राम्रो सम्बन्ध राख्न नसक्ने छाँट देखिएको बताएका थिए । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र लण्डनका मेयर सादिक खानले ट्रम्पको अमेरिकामा मुसलमानलाई प्रवेश निषेश गर्ने योजनाको कडा विरोध गरेका थिए ।
चीनमाथि दबाब
ट्रम्पले अन्तरवार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा गरेको सैन्य कारबाही सही नभएको समेत भनेका थिए । यसअघि ट्रम्पले रुसी राष्ट्रपति आफ्ना सम्मानित व्यक्तित्वमध्ये एक रहेको बताएका थिए । उनले उत्तर कोरियाको प्रमुख सहयोगी चीनले वार्ताका लागि दबाब बढाउने बताए । ‘म चीनमाथि दबाब बढाउन चाहन्छु किनकी आर्थिक रुपमा चीनभन्दा हामी धेरै शक्तीशाली छौ । मानिसहरु यो कुरालाई मनन गर्दैनन् ।’ उनले थपे–‘चीनले एक कल फोन गर्दा वा एकपटक भन्दा यो समस्या समाधान हुन्छ ।’
ट्रम्पको प्रतिक्रियापछि दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले चीनका विदेश मन्त्रालयका प्रवक्ता होङ लिईलाई उद्धृत गर्दै लेखेको छ –‘उत्तर कोरिया र अमेरिकाबीचको वार्ताका लागि सहयोग गर्न चीन तयार छ ।’
के ट्रम्पले ओबामालाई पछ्याउँछन् ?
दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले ट्रम्पका प्रत्येक शब्द केलाउँछन् , तर उनीहरु भावनामा बग्दैनन् । उनीहरुले सकेसम्म ट्रम्पका प्रत्येक शब्दलाई मसाला भरेर प्रस्तुत गर्छन् । उनीहरुका अनुसार राजनीतिज्ञहरुले जे बोल्छन्, त्यो गर्दैनन् ।
यसअघि बाराक ओबामाले पनि पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुदाँ उत्तर कोरियाका नेता किम जोङ उनका पिता तथा तत्कालिन सर्वोच्च नेता किम जोङ इललाई भेट्न तयारी गरेको बताएका थिए । तर ९ वर्षअघि उत्तर कोरिया अहिलेजस्तो आणविक रुपमा विकसित भइसकेको थिएन । अहिले ट्रम्प निकै आक्रामक रुपमा प्रस्तुत भएका छने । उनले किम जोङ उनलाई उग्रवादीको संज्ञा दिए । तर त्यसपछि फेरि किम जोङ युवा रहेको भन्दै त्यसलाई स्वभाविक माने । ‘ जब उनका पिताको मृत्यु भयो । उनी २५–२६ वर्षका थिए । त्यसपछि उनका सामू सबै जिम्मेवारी आइलाग्यो । उनले सबै जिम्मेवारी लिए र सर्वोच्च नेता बने । यो आफैँमा अविश्वसनीय छ । तर उनी खेल खेल्दैनन् र उनीसँग हामीले पनि खेल्न मिल्दैन ।’
उत्तर कोरियाले पहिलोपटक सन् २००६ मा आणविक हतियार प्रक्षेपण गरेको थियो । अन्तर्राष्ट्रिय सम्झौता तोड्दै आणविक हतियार प्रक्षेपण गरेको उत्तर कोरियाले त्यसपछि दक्षिण कोरिया र अमेरिकालाई चुनौती दिदैँ आएको छ । अहिले अमेरिका र उत्तर कोरियाबीच औपचारिक कुटनैतिक सम्बन्ध छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण