स्ट्राइकरबाट वेयन रुनी अब मिडफिल्डमा
बुधबार, ०५ जेठ २०७३, २१ : ०६
म्यान्चेस्टर – कुनै त्यस्तो पनि थियो, जतिबेला वेयन रुनी गोल स्कोर गर्न माहिर मानिन्थे । तर ढल्कदो उमेरसँगै परिपक्व रुनीले अब मिडफिल्डमा आफ्नो स्थान सिफ्ट गर्ने भएका छन् । उनले वल्र्ड ट्राफोडमा युनाइटेडले बोर्नमाउथबिरुद्ध मंगलबार ३–१ को जीत निकाल्दा मिडफिल्डमा उत्कृष्ट खेले । इङल्याण्डका कप्तान रुनीले सूरुआती गोल गरे र तेस्रो गोलका लागि एस्ले योङलाई पास दिए ।
‘कहिलेकाँही आफ्नो करियरमा नयाँ रोजाई गर्नुपर्ने हुन्छ र अहिलेको अवस्थामा मलाई मिडफिल्डमा खेल्न सहज भइरहेको छ । इङल्याण्डबाट म अहिले पनि स्ट्राइकरकै रुपमा खेलिरहेको छु । तर संभवत अर्को सिजनबाट मैले मिडफिल्डमा ध्यान दिनेछु,’ उनले भने ।
टोट्टेनह्यामका ह्यारी केन, लेसिस्टेरका जेमी भार्डी , म्यानचेस्टरकै मार्कु रासफोर्ड र रुनी प्रशिक्षक रोय हड्सनले युरो २०१६ का लागि छनोट गरेको २६ सदस्यिय प्रारम्भिक सूचिमा परेका फरवार्ड हुन् । ३० वर्षका रुनीले भनेका छन् –‘मलाई कहाँ खेलाउने भन्ने हड्सनलाई राम्ररी थाहा छ । त्यसैले म ढुक्क छु ।’ रुनी इङल्याण्डका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता हुन् । उनले ५१ गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडमा समेत रुनी सर्वाधिक गोलकर्ता बन्ने संघारमा छन् । उनी बबी चाल्र्टनले राखेको २ सय ४९ गोलको कोशेढुंगा पार गर्न ४ गोलले पछाडी छन् । मंगलबार मात्रै उनले प्रिमियर लिगअन्तर्गत घरेलु मैदानमा १ सय गोलको कोशेढुंगा पार गरे । समग्रमा उनले क्लबका लागि २ सय ४५ गोल गरेका छन् । बोर्नमाउथ विरुद्ध रुनीको प्रदर्शन १ सय पास : रुनीले सबैभन्दा धेरै पास खेले । त्यसमध्ये ८८ प्रतिशत पास सही थियो । ११५ टच : उनले १ सय १५ पटकसम्म बललाई टच गरे । २ सट : उनले दुईपटक पोस्टमा बल प्रहार गरे । त्यसमध्ये एक प्रहार सफल भयो । ६५ प्रतिशत पास विपक्षीतर्फ : उनले सेन्टरबाट विपक्षीको पोस्टतर्फ ६५ प्रतिशत पास निकाले । त्यसमध्ये ८३ प्रतिशत सफल भयो । ३ महत्वपूर्ण पास : उनले तीनवटा महत्वपूर्ण मुभ सिजर्ना गरे । त्यसमध्ये एक अवसरमा एस्ले योङले गोल गरे । कहाँ खेल्नेछन् रुनीले अब ? बिबिसीले गरेको सर्वेक्षणमा अधिकांश समर्थकहरुले रुनीलाई मिडफिल्डबाट खेलेको हेर्न चाहेका छन् । मत सर्वेक्षणमा केवल ५१ प्रतिशतले मात्रै इङल्याण्डबाट सूरुआती ११ मा रुनी उत्रनुपर्ने धारणा राखे । त्यसमध्ये ८३ प्रतिशतले उनले मिडफिल्डमा खेल्नुपर्ने मत राखेका छन् । यदी प्रशिक्षक रोय हड्सनले ४–४–२ को परम्परागत इंलिस शैलीमा फुटबल खेलाए भने रुनी स्ट्राइकरका रुपमा रहने संभावना केवल ७ प्रतिशतले मात्रै देखेका छन् । तर त्यही शैलिमा उनलाई मिडफिल्डमा हेर्न चाहनेहरुको संख्या ठूलो छ । रुनीको सट्टामा यो शैलीमा टोट्टेनह्यामका डेली एल्ली र इरिक डियरको जोडीलाई समर्थकहरुले अग्रपंक्तमिा हेर्न चाहेका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण