बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशबाट आमालाई गुड नाइट भनेका छोराको २ घण्टापछि रहस्यमय मृत्यु

बिहीबार, ०६ जेठ २०७३, ०८ : २१
बिहीबार, ०६ जेठ २०७३

काठमाठौं–वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रेहेको बारपाकको पारीपट्टी सिम्जुङ्ग गाविसमा घर भएको एवं बारपाकमै प्रा.वि. शिक्षकको रुपमा पेशारत बाबुको एक मात्र सपना थियो आफ्नो छोरा एमबीबीएस डाक्टर बनाउने ।

आफ्नो जीवनकालको कमाई, लगातार परिश्रम र बाबु बाजेको पैतृक सम्पत्ती बेचेर काठमाडौंमा ३ आना जग्गामा घर बनाई छोरा¬–छोरी राखेर पढाएका ति शिक्षकले छोरा–छोरीको पढाई फिस तिर्न गाउँमा निकै मेहनेत गरे ।

छोराको शैक्षिक क्षमता तेज भएकै कारण चर्को खर्च लागे पनि हार नखाई डाक्टर बनाउने सपना बोकी एमबीबीएस पढ्न ५ बर्षमा ४० लाख तिर्न तयार भई २०१४ सालको शुरुमै बंगलादेशको Southern Medical College विश्वविद्यालयमा छोरालाई एमबीबीएस भर्ना गराई पढ्न पठाए ।

छोराको मासिक फि, होस्टेलमा बस्ने, खाने खर्च धान्न निकै गाह्रो भएकै कारण काठमाडौंमा पैतृक सम्पत्ती बेची किनेको ३ आनामा बनेको घर बेच्ने निधो गरि गाउँमै बसि शैक्षिक पेशा जारी नै राख्ने निधो गरे उनले । तर, वैशाख १२ को भूकम्पले त्यही गाउँको घर पनि ध्वस्त भयो । तर ति बाबु–आमाले हरेस खाएनन् किन भने उनीहरुको सपनालाई भूकम्पले पनि हल्लाउन सकेको थिएन ।

विधिको विडम्वना भूकम्प गएको ३ महिनामै अनयास आन्द्राको समस्याले थलिएका उनको उपचार गर्दा–गर्दै थप ठूलो धनरासीको ऋणमा पारेर ति बाबुले यो संसारबाट बिदा लिए । छोराले बिबिएस पढि राम्रोसँग आमालाई पाल्ने भनि दिएको ढाडसले ति आमालाई कहिलै एक्लो महसुस भएन् ।

भर्खर २० बर्षबाट २१ मा टेकेको कलिलो केटो पढाईमा निकै तेज, त्यस्तै खेलकुदमा पनि तेज, साथी–भाइसँग अति मिलनसार, विदेशी भूमिमा रहेर पनि सफल पढाई जारी राखेका, साथै विदेशी साथी र प्रोफेसरहरुको पनि प्रिय पात्र थिए । दिन–दिनै आमा र आफन्तसँग स्काइप र फोनमा भएका कुराकानी, उसले सुनाएका सफलताका कथाहरुले आमाले आफ्ना दुःख बिर्सेको आभाष हुन्थ्यो । ३ बर्षको बिबिएस पढाईमा लगभग २१ लाख रुपैयाँ बुझाई सकेकी ति आमाले छोरालाई डाक्टर बनाउन भनि आफ्नो दुःख सबै बिर्सेर चित्त बुझाएकी थिइन् ।

२०७३ वैशाख २८ गते राती घन्टौं ठट्टा र रमाईला कुरा गरेर १ हप्तापछि भ्याकेसनमा घर फर्कने वाचा गर्दै गुड नाइट भनेको छोराको लगत्तै २ घण्टापछि निधनको खबर सुन्दा ति आमालाई कति पिडा भयो होला ? कुनै पनि रोग नभएको २१ बर्षको जवान, हट्टाकट्टा र पढाई–खेलकुदमा पनि अग्रस्थानमा रहेको छोराको अकस्मात निधनले ति आमा मात्र हैन भूकम्प पिडित पुरै गाउँ शोक–मग्न बनेको छ ।

विश्वविद्यालय नजिकैको होस्टलमै बस्ने, कहिलै साथी–भाइसँग पनि कुनै दुश्मनी थिएन । तर, अकस्मात निधनको खबरले धेरै खुलदुली पैदा गरेको छ । आमा यहि भन्दै बरबराउँछिन बेहोसमा । विदेशको भूमिमा जे पनि गर्न सक्छन, कहीं कतै सुनियोजित घटना त हैन ?

युनिभर्सिटीकै अस्पतालमा पोष्टमार्टम हुँदै गर्दा सही प्रतिवेदन आउला त ? भन्नेमा धेरैलाई शंका भएको छ र मृत घोषित भएको १० दिनसम्म के कारणले निधन भएको भन्ने सहि विवरण प्राप्त गर्ने सकिएको छैन । नेपाली राजदुतबाट पनि यस सम्वन्धमा सहयोग गर्ने र सत्यतथ्य पत्ता लगाउने आश्वासन आएकै छ । होस्टेलका साथीहरुसँग सम्पर्क गरि के भएको हो भन्ने सोधपुछ गर्दा एउटै खाले विवरण प्राप्त नभएकोले विदेशमा घटेको यो घटना संकास्पद देखिन्छ ।

छोराको शव काठमाडौं आउने पर्खाइमा छिन ति दुखित आमा । जसले आफ्नो सपनालाई पूरै निमोठ्नु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप