बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार वर्षपछि माओवादी पार्टीहरु एक हुँदै

बिहीबार, ०६ जेठ २०७३, ०८ : ४३
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं–टुक्रा–टुक्रा विभाजित माओवादी पार्टीहरूबीच बिहीबार पार्टी एकीकरण हुँदैछ । एकीकृत माओवादीबाटै विभिन्न कालखण्डमा टुक्रा–टुक्रा फुटेर गएका ती पार्टी आज चार वर्षपछि पुनः एकीकृत (माओवादी) सँगै एकीकरण हुन पुगेको हो ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ११ बजे एकता प्रक्रियाका पार्टीका केन्द्रीय नेताको संयुक्त अधिवेशन गरेर अपराह्न ३ बजे एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

बुधबार साँझ बसेको शीर्ष नेताहरुसहितको बैठकले माओवादी एकता संयोजन समितिमा ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।

यसअघि नै एकीकृत नेकपा (माओवादी) लगायतका एकता प्रक्रियामा रहेका दलहरुले १३ बुँदे साझा समिति बनाई एकता प्रक्रिया सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप