बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६९ जना यात्रुसहित इजिप्ट एयरको विमान हरायो

बिहीबार, ०६ जेठ २०७३, ०९ : १७
बिहीबार, ०६ जेठ २०७३
काठमाडौं – फ्रान्सको पेरिसबाट इजिप्टको कायरोको लागि उडेको इजिप्ट एयरको विमान हराएको छ । पेरिसको स्थानीय समय राती ११ बजेर ९ मिनेट जाँदा पेरिसबाट उडेको विमान रडारबाट हराएको विमान कम्पनीले जनाएको छ । कलसाइन एमएस ८०४ भएको  विमानमा ५९ यात्रु र १० जना चालकदलका सदस्य रहेको बताइएको छ ।

विमान कम्पनीका अनुसार इजिप्सियन हवाई क्षेत्रको १० माइल क्षेत्रभित्र विमान प्रवेश गरेको केही बेरमा नै विमानसँग सम्पर्क टुटेको थियो । इजिप्सियन हवाई क्षेत्र प्रवेश गर्नभन्दा ८० माइल अघिसम्म विमान ३७ हजार फिटको उचाईंमा उडिरहेको थियो ।

कम्पनीले यसबारे थप जानकारी दिने बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यसअघि इजिप्ट एयरको विमान गत मार्चमा नाटकीय अपहरणमा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप