बिपी फाउन्डेसनले टेगोरलाई सम्झियो
काठमाडौ– बिपी कोइराला नेपाल–भारत फाउन्डेसनले प्रसिद्ध भारतीय साहित्यकार रवीन्द्रनाथ टेगोरलाई सम्झिएको छ ।
राजधानीस्थित नेपाल–भारत पुस्तकालयमा बुधबार आयोजित कार्यक्रममा उहाँको विषयमा सत्यजित रायले बनाएको वृत्तचित्र ‘रवीन्द्रनाथ टेगोर’ प्रदर्शन गरियो । वृत्तचित्रमा ८० वर्षे जीवनमा उहाँले भोगेका कुरालाई देखाइएको छ । महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइनलगायत उच्च व्यक्तित्वसँग टेगोरको निकटतासमेत वृत्तचित्रमा देख्न सकिन्छ ।
सन् १८६१ मा भारतको कलकत्तामा जन्मिएका टेगोरका विशेषतः बङ्गाली र अङ्ग्रेजी भाषामा लेखिएका कृति छन् जसमध्ये, ‘गीताञ्जली’, ‘गोरा’, ‘अमर सोनार बङ्गला’, रवीन्द्र सङ्गीतलगायत प्रसिद्ध छन् । टेगोरले सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार पाएका थिए । यससँगै उनीत्यस विधामा पुरस्कार पाउने पहिलो युरोपेलीइतर नागरिक भए ।
कार्यक्रममा समीक्षक प्रकाश सायमीले टेगोर साहित्यसँगै सङ्गीत विधामा पनि उत्तिकै प्रभावशाली भएको बताउँदै नेपालमा हरेक वर्ष उनको नाममा गायन प्रस्तुति हुने गरेको स्मरण गरे ।
फाउन्डेसनका अध्यक्ष रुवी जसप्रीत शर्माले टेगोरको महिमा विश्वभरि फैलिएको बताउँदै उनका बारेमा जति वृत्तचित्र बनाए पनि कमी हुने बताए । फाउन्डेसनले हरेक महिना फरक फरक विषयमा यस्तै कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण