निजी गाडीबाट जरिवानास्वरुप आठ लाख सङ्कलन
काठमाडौँ– पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्ने निजी गाडीका लागि जरिवानास्वरुप शुल्कबाट हालसम्म रु आठ लाख सङ्कलन गरिसकेको छ ।
महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन थालेको वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।
प्रमुख गौतमका अनुसार कामपाको मात्रै दैनिक २० वटा ठूला गाडी उक्त स्थानमा अन्तिम फोहोर व्यवस्थापनका लागि जाने गरेका छन्, त्यसमा निजीतर्फका गाडीले पनि फोहोर लाँदा व्यवस्थापनमा समस्या उत्पन्न भएकाले शुल्क लिन थालेको हो । कामपाको भन्दा धेरै निजीस्तरबाट साना–ठूला गरी दैनिक ५० देखि ६० वटासम्म गाडी फोहोर लिएर ओखरपौवास्थित सिसडोलमा जाने गरेका छन् । आठ टनभन्दा कम फोहोर लिएर जाने गाडीका लागि प्रतिटन रु १५० र त्यसभन्दा माथिका लागि रु २५० लिने गरेको छ ।
कामपाको भन्दा धेरै निजी गाडीले फोहोर व्यवस्थापनका लागि उक्त स्थानमा लैजाने भएकोले निजी गाडीको चाप कम गर्नका लागि शुल्क निर्धारण गरेको कामपाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण