झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला
बिहीबार, ०६ जेठ २०७३, ०९ : ४४
गौशाला–महोत्तरी जिल्लाको रघुनाथपुर–५ स्थित आँप बगैँचामा झुन्डिएको अवस्थामा एक पुरुषको लास फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार बुधबार रघनाथपुर–५ बस्ने ५० वर्षीय जगवीर मण्डल खत्वेको लास उनको आफ्नै आँप बगँैचाको एउटा रूखको हाँगोमा झुन्डिएको अवस्थामा फेला परेको छ ।
परिवारजनले उनको मानसिक सन्तुलन ठीक नभएका कारण आफैँले आफ्नै बगैँचामा रहेको आँपको रूखको हाँगामा धोती र गम्छाको पासो लगाई झुन्डी मरेको जनाएका छन् ।
प्रहरीले मृतक खत्वेको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने उनको मृत्यु के कति कारणले भएको भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण