मन्त्रीद्वारा दूध सङ्कलन, प्रशोधन उद्योगको उद्घाटन
कलैया–उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा उनले कृषिक्षेत्रको विकासबाट नै मुलुकको विकास हुने भएकाले वीरगन्ज चिनी उद्योग, कृषि औजार उद्योगलाई निजी कम्पनीलाई भाडामा दिएर पनि सो उद्योग चलाउन सरकारको योजना रहेको बताए ।
उनले कृषि उत्पादन आयातलाई प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै औद्योगिकीकरण, जलस्रोत, पर्यटक र कृषिलाई विकास गर्ने सरकारको मुख्य लक्ष्यसमेत रहेको बताए ।
संस्थाका अध्यक्ष पुनदेव रौनियारको सभापतित्वमा भएको समारोहमा पूर्वमन्त्री एवम् सांसद पुरुषोत्तम पौडेल, सांसद बलवीर चौधरी र सांसद मधु शाहीले उद्योगबाट यस क्षेत्रका पशुपालक कृषकले सहयोग पाउने कुरा बताए । उद्योगलाई व्यावसायिक कृषि तथा व्यापार आयोजनाले रु १८ लाख अनुदान सहयोगसमेत दिएको थाहाभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण