अमेरिकाको बि–५२ युद्ध विमान दुर्घटनाग्रस्त
बिहीबार, ०६ जेठ २०७३, ०९ : ५६
गुआम – अमेरिकन बि–५२ बम्बर विमान गुआम एयरबेसबाट उडान भरेको केही बेरमा नै दुर्घटनाग्रस्त बनेको छ । स्थानीय समयअनुसार बिहान ८ बजेर ३० मिनेट जाँदा उक्त दुर्घटना भएको हो । अमेरिकी एयरफोर्सले दुर्घटनामा ७ जना चालकदलका सदस्य सकुशल रहेको बताएको छ ।
समाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा दुर्घटनाग्रत विमानबाट धुँवा उडिरहेको देख्न सकिन्छ । प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति बनाइराख्न उक्त प्लेन त्यस क्षेत्रमा खटाइएको थियो । गुआमका गर्भनरले उक्त घटना आतंकवादसँग असम्बन्धित रहेको स्पष्ट पारेका छन् ।
६० वर्षअघिदेखि प्रयोगमा ल्याएको यो विमान अझै पनि अमेरिकी सेनामा चर्चित छ । यसलाई भियतनामदेखि अफगानिस्तानसम्म प्रयोग गरिएको छ । सन् २००८ मा गुआमकै समुद्रमा बि–५२ बम्बर दुर्घटनाग्रस्त हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण