सीतापुरमा आगलागी, १० लाख बराबरको क्षति
बिहीबार, ०६ जेठ २०७३, १० : ४५
राजविराज– सप्तरीको सीतापुर–१ मा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी राजु चौधरीको गाईगोठबाट अचानक सल्किएको आगोले निजका तीन घर र छिमेकी लखन चौधरीको दुई घर तथा महेश चौधरीको एक गरी जम्मा छवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले बताए ।
आगो स्थानीयवासी, नेपाल प्रहरी र सिरहाको लहानबाट आएको बारुणयन्त्रबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
कपास कारखानामा आगलागी, लाखौँको क्षति गएराति भक्तपुरको एक कपास कारखानामा आगलागी हुँदा करिब ७८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कपास पेल्ने क्रममा मेसिनमा करेन्ट सर्ट भई मध्यपुर थिमि नगरपालिका–१६, लोकन्थलीस्थित उप्रेती कटनमा आगलागी हुँदा रु ७८ लाख बराबरको क्षति भएको हो । आगलागीबाट उद्योगको १२ वटा कपास पेल्ने मेसिन, तयारी कपास र कपासका कच्चापदार्थ जलेर नष्ट भएको उद्योगका मालिक बलराम उप्रेतीले जानकारी दिए । राती करिब २ः३० बजे लागेको आगो स्थानीय जनता, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको टोलीले बिहान करिब ५ः३० बजे नियन्त्रणमा लिएको महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । आगलागी नियन्त्रण गर्न जुद्ध बारुणयन्त्र, भक्तपुर, काठमाडौँ, सशस्त्र प्रहरी र नेपाली सेनासहित चारवटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लोकन्थलीस्थित प्रशोधन केन्द्र नजिकको सो उद्योगको आगो नियन्त्रण गर्न केन्द्रको पानीसमेत प्रयोग गरिएको थियो । सो उद्योगमा गत वर्ष पनि आगलागी हुँदा १० वटा मेसिनसहित करिब रु ४५ लाख बराबरको क्षति भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण