बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुटे माओवादीहरु, पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव

बिहीबार, ०६ जेठ २०७३, १२ : ०१
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं– माओवादी एकीकरणपछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरिएको छ । बिहिबार बसेको माओवादी एकता संयोजन समितिको बैठकले एकीकरण पछिको नयाँ पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव अब एकताको औपचारिक घोषणा हुनुअघि बस्ने संयुक्त महाधिवेशन आयोजक समितिको बैठकमा पेश हुनेछ ।

बैठकबाट अनुमोदन भए पार्टीको नाम परिवर्तन हुने एमाओवादीका उच्च नेताले रातोपाटीलाई बताए ।

आज दिउँसो बबरमहलस्थित एक पार्टी प्यालेसमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समुहबीच एकताको घोषणा हुँदैछ ।

स्रोतका अनुसार एकीकृत पार्टीको अध्यक्ष प्रचण्डनै रहने नेताहरुबीच सहमति भइसकेको छ । यस्तै बादल महासचिव बन्ने सहमति भएको छ भने उपमहासचिव कृष्णबहादुर महरा बन्ने मोटामोटी सहमति बनिसकेको छ। यसैरी सचिवमा पर्षमान पुन, टोपबहादुर रायमाझी, देब गुरुङ, पम्पा भुसाल, जनार्दन शर्मालगायत आकांक्षी रहेपनि टुंगो लागिनसकेको बताइएको छ ।

यसैबीच शीर्ष नेताहरुको एकता संयोजन समितिको बुधबार बसेको बैठकबाट ४ सय ९९ सदस्यीय समिति महाधिवेशन आयोजक समिति बनाउने सहमति भइसहकेको छ । तर, त्यसमा केहि थपघट हुन सक्ने नेताहरुको भनाई छ ।

एकता प्रक्रियामा रहेका दलहरुले १३ बुँदे साझा समिति बनाई एकता प्रक्रिया सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप