पोखरामा पश्चिमाञ्चल ग्रेडिङ सम्पन्न , २ सय ३७ खेलाडी सहभागी
पोखरा–सितोरियो कराँते संघ नेपालको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा पश्चिमाञ्चल ग्रेडिङ भएको छ । जेठ १ गतेबाट बुधबारसम्म भएको गे्रडिङमा पश्चिमाञ्चलका २ सय ३७ खेलाडी सहभागी थिए । जसमध्ये १ सय ८८ जनाले ब्ल्याक बेल्टको लागि ग्रेडिङ दिए भने सेकेन्ड डानका लागि १२ जना र थर्ड डानको लागि ४७ खेलाडीले गे्रडिङ दिएका हुन् । ग्रेडिङ समापन गर्दै नेपाल कराँते महासंघ अध्यक्ष दावा गुरुङले खेलाडी राष्ट्रको मेरुदन्ड रहेको बताए । ‘खेलाडीले राष्ट्रको नाम उच्च राख्न खेल्नु पर्छ,’ उनले भने, ‘खेलाडीको मनोबल बढाउन राज्यले पनि ध्यान दिनुपर्छ ।’ अहिले केही प्रशिक्षकले गर्दा खेल क्षेत्रमा समस्या आएको अध्यक्ष गुरुङको भनाइ थियो । ‘केही प्रशिक्षक छन्, जसले राम्रो खेलाडी उत्पादन गर्छन्,’ उनले भने, ‘केही गलत नियत भएको पनि प्रशिक्षक छन्, जसले खेलाडी विदेशमा लैजान मात्र खेलसँग जोडिएका छन् ।’ कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एक दुई जना स्वार्थी मान्छेले गर्दा खेलकुदको विकासमा समस्या पर्ने गरेको बताए । ‘यहाँ खेलकुद क्षेत्रमा यस्ता व्यक्ति छन्, जसले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले पोखरामा उद्घाटन गरेको कार्यक्रम अवैध भन्दै हिँड्न,’ उनले भने, ‘पोखरामा खेलकुदको विकास भएको हेर्न नचाहने नकारात्मक व्यक्ति नै अवैध हुन् ।’ कास्कीलाई खेल सहरको रुपमा स्थापन गर्न सबैले सहयोग गर्नुपर्ने अध्यक्ष पौडेलले बताए । कास्कीको नाम चिनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको पदक विजेता सितोरियो कराँते खेलाडी अभिमान गुरुङलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । त्यसैगरी रितोरियो कराँतेको विकासमा सहयोग पु¥याउने हिमाली बाल कल्याण संरक्षण मञ्च, सैनिक आवासीय उमावि र राइजिङ स्टार वोर्डिङलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । सितोरियो कराँते संघ कास्कीका अध्यक्ष सुरेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ह्याण्ड बल संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, सितोरियो कराँते संघका केन्द्रीय सदस्य ईश्वर थापा लगायतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन खेलाडी अर्जुन गिरीले गरेका थिए । पाँच दिने ग्रेडिङमा नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, नेपाल कराँते महासंघका रेफ्रि संयोजक राजेन्द्र कपाली, कराँते महासंघका सहायक प्रमुख प्रशिक्षक तुलसीकुमार महर्जन, राष्ट्रिय टिमको प्रशिक्षक तथा १० औं सागको स्वर्ण विजेता कुशल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका सदस्य तथा राष्ट्रिय खेलाडी विजय लामा र तारा गुरुङले ग्रेडिङमा सहभागी खेलाडीलाई प्रशिक्षण दिए । सितोरियो कराँते संघ कास्कीका सल्लाहकार जीवन मल्ल, उपाध्यक्ष धन लामाले सहजीकरणको भूमिका खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण