टेक्सासमा नेपाली खुकुरी तथा ढाका टोपीको प्रदर्शन
वासिंटन डिसी –अमेरिकाको टेक्सास राज्यको डालसमा गत मे १४ तारिख यति च्याम्बर्स अफ कमर्सको पहलमा २६ औ होम डिपो एसियन उत्सवमा नेपालीको प्रतिनिधित्व गर्दै उक्त उत्सवमा पहिलो पटक सहभागिता भै नेपालको परिचय दिन सफल भएको छ l
यति च्याम्बर्स अफ कमर्सको आयोजना तथा अनकन र युनाइटेड नेवा: अमेरिकाको सहयोगमा कार्यक्रम सम्पन्न भयो l उत्सव बिहान ११:३० देखि बेलुकी ६ बजेसम्म चलेको थियो l
नेपाल लगायत २० राष्ट्रले प्रतिनिधित्व गरेको उक्त उत्सवमा आ-आफ्नो देशको संस्कृति तथा पहिचान झल्काउने कला, पोशाक, नाच र खेलहरु प्रस्तुत गरेका थिए ।
नेपाली टोपी ,नेपाली पोशाक को साथै लाखे नांच पनि प्रस्तुत गरिएको थियो । उक्त उत्सवमा नेपाल,भारत, कम्बोडिया, भियतनाम, कोरिया लगायत २० देश संलग्न रहेका थिए l
उत्सवमा एसियन खानाहरु, नाचगान, खेलकुद,कलाकृति, पोशाक, झाँकी, खेलकूद ,मार्शल आर्टका साथ साथै बालबालिकाहरु विभिन्न कार्यक्रमहरु राखिएको थिए । उत्सवको प्रायोजन नेपास हेरिटेज ट्राभल्स एंड टुर्सले गरेको थियो भने नेपाली प्रदर्शन कक्षमा नेपाली खुकुरी तथा नेपाली ढाका टोपी बिक्रिमा राखिएका थिए l
अमेरिकामा रहेका बिदेशी तथा अन्य देशका आप्रवासीलाई नेपाल बारे चिनाउने र प्रबर्धन गर्ने हेतुले पर्चा समेत वितरण गरिएको थियो।
उत्सवमा कुमारीको तस्विर प्रदर्शनले बिदेशीहरु निकै अभिरुचिका साथ तस्बिर लिन घुइंचो लागेको थियो । कार्यक्रमको संयोजन नेपास हेरिटेज ट्राभल्स एंड टुर्सका संचालक सबिन्द्र थापाले गर्नु भएको थियो भने सहायक संयोजक बिएन पन्त रहनु भएको थियो।
संयोजक सबिन्द्र थापाले अमेरिकामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु नै ठुलो कुरा हो ल उनले अगाडी भने नेपालको कला ,संस्कृति परम्परालाई बिदेशीहरुलाई जानकारी दिन पाउनु गौरव हो भन्दै आगामी दिनमा यस्ता कार्यक्रममा सहभागी हुने प्रति बद्धता जाहेर गरे l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण