बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेविसंघ सुनसरीमा ज्यान मार्नेसम्मको धम्की

बिहीबार, ०६ जेठ २०७३, १३ : ४७
बिहीबार, ०६ जेठ २०७३

इटहरी– नेबिसंघ सुनसरीमा समानान्तर समितिका कारण विवादले उग्ररुप लिएको छ । सुनसरीमा सुनिल साह र चन्द्र सुन्दर खेवागंको दुई समितिले एक अर्काेको सदस्यलाई ज्यान मार्ने नै धम्की दिएपछि विवादले झन उग्र रुप लिएको हो । दैनिक जसो नेबिसंघ सुनसरीका नाममा जिल्ला समिति बिस्तार गरिएको बारेका बिज्ञप्ती बाजी हुन थालेपछि विवाद शुरु भएको थियो । शुनिल शाहले नेबिसंघ सुनसरीको लेटर प्याडमा हस्ताक्षर गरेर जिल्ला समिति बिस्तार गरेका थिए । पछि फेरी नेबिसंघ सुनसरीकै लेटर प्याडमा फेरी चन्द्र सुन्दर खेवागंले हस्ताक्षर गरेको समिति बिस्तार गरेका थिए । एउटै जिल्लामा एकै पटक नेबिसंघका दुई जना जिल्ला सभापतिले लेटरप्याड प्रयोग गरेपछि दुवै समितिका पदाधिकारीहरु बिच एक अर्काेलाई ज्यान मार्ने धम्की दिन थालेपछि यो बिवाद अब प्रहरी कार्यालयमा पुगेको छ । इलाका प्रहरी कार्यालय इटहरीले चन्द्र सुन्दर खेवागं पक्षधरका उप सभापति बुद्ध हाङ लिम्बुलाई सुनिल साह पक्षधरका सह सचिव केशब न्यौपानेलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरेको हो । आफुलाई पटक पटक लिम्बुले ज्यान मार्ने धम्की दिएपछि बाध्य भएर प्रहरी समक्ष उजुरी दिएको बताए । प्रहरीले लिम्बुलाई इटहरीबाट पक्राउ गरेको हो तर लिम्बुलाई पक्राउ नभई छलफल गर्न मात्र बोलाएको चन्द्र सुन्दर खेवागं पक्षधरले दाबी गरे । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले लिम्बुलाई ज्यान मार्ने धम्की दिएको उजुरीको आधारमा पक्राउ गरेको बताए । हामीले दुवै पक्षका पदाधिकारीलाई प्रहरी कार्यालय बोलाएका छौ, छलफल गरेर समस्याको समधान निकाल्नु हुन्छ होला कार्कीले बताए । विवादका कारण शुनिल शाहले २०७३ बैसाख २८ गते आफै नेबिसंघ सुनसरीको सभापति भएको भन्दै पहिलेको सस्थापन पक्षका भनिएका केही ब्यक्तिलाइ समाबेस गरेर जिल्ला समिति बिस्तार गरेको बिज्ञप्ती निकालेका थिए । एक जना उपाध्यक्ष, एक जना सचिब र तिन जना सहसचिब सहित १२ जना सदस्य थप गरिएको बिज्ञप्ती आए पछि सुन्दर खेवागंले फेरी अर्को बिज्ञप्ती निकालेका थिए । सुन्दर खेवागंले एक जना डाक्टर (डा. प्रतिष्ठा घिमिरे) लाइ समेत नेबिसंघको जिल्ला सदस्य बनाएर समिति बिस्तार गरेको बिज्ञप्ती निकालेका थिए । शाहले पनि एक जना उपसभापति थपेको बदलामा खेवागंले तिन जना उपसभापति बनाए । शाहले तिन जना सहसचिब थपेको बदलामा खेवागंले सात जना सहसचिब बनाइ दिए । १२ जना शाहले थप्दा खेवागंले २९ जना थपिदिएका थिए । बिबाद मिलाउन समिति गठन काग्रेस सुनसरीले नेबिसंघको बिबाद मिलाउन जिल्ला सचिब केदार भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । समितिमा अर्का जिल्ला सचिब सुजेन्द्र तामागं, नेबिसंघ सुनसरीका पुर्ब सभापति बिकास केशी लगायत रहेका छन् । समितिले तत्कालै बिबाद समाधान गर्ने पार्टी सभापति राजीब कोइरालाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप