लेखनाथमा इलाका प्रशासन कार्यालय स्थापना
पोखरा –कास्कीको लेखनाथ नगरपालिका र आसपास गाविसका बासिन्दा अब जिल्ला प्रशासनबाट लिने सेवाकै लागि पोखरा सम्म धाउन नपर्ने भएको छ । लेखनाथमा एक साता भित्रमा ईलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएपछि त्यस आसपासका बासिन्दाले सहज सेवा पाउने भएका हुन् ।
लेखनाथ १ खुदी (ढुङ्गेपाटन) स्थित पोखरा विश्वविद्यालय नजिकै कार्यालय स्थापना गरिएको छ । स्थानिय सरस्वती प्राविको भवनमा कार्यालय ब्यवस्थापन गरिसकिएको छ । ‘अफिस सेटअपको काम सकिएको छ, ’ कार्यालय प्रमुख दिपेन्द्र पौडेलले भने ‘ सेवा दिन तयार छौ । ’
कार्यालयको लागि स्विकृत दरबन्दी अनुसारका कर्मचारी पनि आइसकेका छन् । इलाका प्रशासन कार्यालय लेखनाथमा तेस्रो श्रेणीका अधिकृतको नेतृत्वमा १० जना कर्मचारी रहनेछन् । तेस्रो श्रेणीका एक जना शाखा अधिकृत, चार जना नायब सुब्वा, एक जना सह लेखापाल, सहायक कम्प्युटर अपरेटर एक जना तथा करार सेवाबाट दुई जना कार्यालय सहायक र अर्का एक गरी १० जना कर्मचारी कार्यालयमा रहनेछन् । कार्यालयमा चार वटा शाखा रहनेछन् । स्थानिय प्रशासन तथा शान्ति सुरक्षा, नागरिकता, राहदानी, गुनासो तथा द्धन्द ब्यबस्थापन लेखा शाखा गरी चार शाखा स्थापना गरी इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन लागिएको हो । कार्यालय ब्यवस्थापन सँगै कर्मचारीको तलवको लागि तत्काल १७ लाख रुपैया बजेट आएको प्रमुख पौडेलले जानकारी दिए । इलाका प्रशासन कार्यालयको कार्यक्षेत्र लेखनाथ नगरपालिकासँगै आसपासका पायक पर्ने गाविसहरु राख्ने तयारी भएपनि निश्चित भने भएको छैन । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले स्थानिय राजनितिक दल र सरोकारवालाको सुझावको आधारमा सेवाग्राहीलाई सहज हुने गरी कार्यक्षेत्र तोकिने बताए । गृह मन्त्रालयले गत बर्षको कार्तिक २९ गतेनै इलाका प्रशासन कार्यालय सञ्चालनको लागि स्विकृत प्रदान गरेपछि सामान्य प्रशासन मन्त्रालयले दरबन्दी स्विकृत गरी पठाएको थियो । कार्यालयबाट नागरिकता, राहदानी लगायत जिल्ला प्रशासनबाट दिने सामान्य सेवाहरु प्रदान गरिनेछ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि पोखरा स्थित जिल्ला प्रशासन कार्यालयमा सेवाग्रहीको चाप कम हुने विश्वास लिइएको छ । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले उद्योग बाणिज्य संघको लामो प्रयासपछि ईलाका प्रशासन कार्यालय स्थापना गर्न सफल भएको बताए । उनका अनुसार उद्योग बाणिज्य संघको अगुवाईमा तीन बर्ष अघिनै लेखनाथमा सरकारी कार्यालयको सम्पर्क कार्यालय खोल्न लेखनाथ सहित आसपासका गाविसका प्रतिनिधिहरुले सुझाव दिएका थिए । ‘ उद्योग बाणिज्य संघको लामो प्रयासमा ईलाका प्रशासन कार्यालय स्थापना भएको हो, ’ त्रिपाठीले भने ‘ अन्य सरकारी कार्यालयको सेवा केन्द्रपनि हुनुपर्छ भन्ने हाम्रो माग हो । ’ सम्पर्क कार्यालय स्थापनाको लागि जिल्ला नापी कार्यालय र मालपोत कार्यालयले समेत केन्द्रमा सिफारिस गरिसकेको उनले बताए । नेपाली कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेले ईलाका प्रशासन कार्यालय स्थापना पछि आसपासका नागरिकले सहज सेवा पाउने बताए । उनले कार्यालयमा पायक पर्ने गाविसलाई समेटेर सबैको सहमतिमा कार्यक्षेत्र तोक्ने बताए । उनका अनुसार लेखनाथ सहित देउराली, सिद्ध, थुम्की, हंशपुर, माझठाना, कालिका र रुपाकोट गाबिसलाई कार्यक्षेत्र बनाउने गरी छलफल हुदैछ । स्थानिय प्रशासनको समन्वयमा छिट्टै सर्वपक्षीय बैंठक बसेर कार्यक्षेत्र निर्धारण गर्ने र सेवा सुरु हुने उनले बताए । राजनीतिक दलको तर्फबाट अन्य सरकारी कार्यालयको सेवा केन्द्रपनि लेखनाथमा स्थापना गर्न पहल गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण