प्रधानमन्त्रीले भने : ‘दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्छ’
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताएका छन् ।
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको आज उद्घाटन गर्दै उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए । उनले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिए । मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे । यस्तै उनले प्रेस चौतारीको प्रकाशन माक्सवादको उज्यालो र चौतारीको लोकार्पण पनि गरे । महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण