चीनमा स्वर्ण पदक उत्पादन गर्ने ‘कारखाना’
बेइजिङ – चीनमा भविष्यका ओलम्पिक च्याम्पियनहरु जन्माउनका लागि अनौठो कसरत जारी छ । चीनका स्कुलहरुमा बालबच्चाहरुलाई निकै कठीन प्रशिक्षण दिइन्छ । यस्तो कठीन यातना र प्रशिक्षण दिनुको उद्धेश्य उनीहरुलाई भविष्यमा ओलम्पिक च्याम्पियन बनाउने हो ।
६ वर्षकै उमेरबाट बालबच्चाहरुले दैनिक कठीन प्रशिक्षण गर्नुपर्ने बाध्यता छ । चीनले सन् १९८० मा ओलम्पिक खेलमा फर्किएपछि आफूलाई एक महाशक्तीका रुपमा स्थापित गरिरहेको छ । सन् २००८ मा शीर्ष स्थानमा रहेर बेइजिङ ओलम्पिकको अन्त्य गरेको चीनले चार वर्षअघि लण्डनमा दोस्रो स्थान हालिस गरेको थियो ।
विद्यालयहरुले बालबच्चाहरुलाई कठीन प्रशिक्षण दिन थालेपछि चीनमा अभिभावकहरु समेत आफ्नो विद्यार्थीहरुलाई स्पोर्टस् स्कुल पठाउन इच्छुक देखिएका छैनन् । सरकारी डाटाअनुसार चीनमा स्पोर्टस् स्कुलको संख्या ३ हजार ६ सय ८७ बाट १९ सय ९० मा झरेको छ ।
बालबच्चाहरु तयारीका क्रममा निकै थकित भएर रुन थाल्दा समेत तयारी प्रभावित हुदैँन ।
साङघाईको नम्बर वान स्पोर्टस् स्कुल पुडोङ न्यु एरियाका स्कुल पार्टी कमिटी सक्रेटरी क्विन भन्छिन्– ‘सन् १९८० र ९० को दशकमा हाम्रा स्कुलहरु साँच्चै आकर्षक थिए । तर आजकल अभिभावकहरु आफ्ना बालबच्चालाई स्कुल पठाउन मान्दैनन् ।’ यस स्कुलमा स्कुलमा पूर्व ओलम्पियन चेन यानहोओ र महिला फुटबलर झि हुइलिनले प्रशिक्षण गराउँछन् ।
बेइजिङले आफ्ना स्पोर्टस् स्कुलहरुको स्तरोन्नती गर्नका लागि सन् २०१० मा नयाँ योजना ल्याएको थियो । डकुमेन्ट २३ नाम दिइएको यस योजनामा प्रशिक्षणको स्तर बढाइने र सन्यास लिइसकेका खेलाडीहरुलाई प्रशिक्षणका लागि थप सहयोग गर्ने उल्लेख थियो । स्पोर्टस् स्कुल पुडोङकी हुआङले त्यसपछि आफ्नो प्रशिक्षणको शैलिमा समेत व्यापक परिवर्तन भएको बताइन् ।
अहिले यस स्कुलमा पढ्ने झन्डै ७ सय खेलाडीहरुले अन्यत्र स्कुलमा औपचारिक शिक्षा लिन्छन् । बाँकी ३ सय खेलाडी भने फुल–टाइम छन् । साङघाई याङपू युथ एम्योचर एथलेटिक स्कुल लगायतका अन्य स्कुलले विद्यार्थी तान्नका लागि विज्ञापन नै गर्नुपरेको छ ।
बेइजिङको सिचाही स्कुलमा पनि उस्तै अवस्था छ । यस स्कुलले पूर्व ओलम्पिक च्याम्पियनहरुको तस्विर राखेर विज्ञापन गरेको छ । ति ओलम्पिक च्याम्पियनहरु यसै स्कुलका उत्पादन हुन् । साङघाई स्पोर्टस् स्कुलमा पूर्व ओलम्पिक स्विमर लिउ झिज लगायतका पूर्व खेलाडीहरुले प्रशिक्षण गराउँदै आएका छन् ।
झिज भन्छन्–‘अहिले विज्ञापन गरेर खेलाडी तान्नका लागि धेरै स्कुलहरु लागिरहेका छन् । जून चीनका लागि दुग्भार्य हो । कुनै समय स्वतस्फूर्त रुपमा अभिभावकहरु स्पोर्टस् स्कुलमा विद्यार्थीहरुलाई भर्ना गर्न आउथ्येँ ।’
अहिले चीनको खेलकुद प्रणाली दुई प्रकारको रुटिनमा चल्छ । विश्व च्याम्पियन बन्न चाहनेहरुले पढ्न पाउँदैनन् । उनीहरुले खेलकुदमा मात्रै ध्यान दिनुपर्छ । सरकारको यस्तो नीतिका कारण पनि विद्यार्थीहरु यसरी स्पोर्टस् स्कुल आउने क्रम घटेको हो किनकी सयौँ विद्यार्थीमध्ये केही मात्रै आफ्नो खेलमा विश्व च्याम्पियन बन्छन् । त्यसैले चीनमा अहिले परम्परागत प्रशिक्षण शैली परिवर्तन गर्दै नयाँ ढंगबाट कसरी अघि बढ्ने भन्ने सम्बन्धमा व्यापक बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण