बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

११ वर्षमा पहिलो पटक मंगलग्रह पृथ्वीको नजिक आउँदै

बिहीबार, ०६ जेठ २०७३, १५ : ०५
बिहीबार, ०६ जेठ २०७३

काठमाडौं – यदी यो साता तपाईले आकाशमा हेर्नुभयो भने मंगलग्रह चम्किलो देख्न सक्नुहुन्छ । रातीको समयमा अन्य ताराहरुभन्दा चम्किलो रातो ग्रहलाई तपाईले देख्न पाउनुहुनेछ ।

यसै साता मंगलग्रह पृथ्वीको नजिक आउँदैछ । पछिल्लो ११ वर्षमा मंगलग्रह पृथ्वीको नजिक आउन लागेको यो पहिलो अवसर हो ।

नासाका अनुसार आईतबार रातीबाट मानिसहरुले आकाशमा ताराभन्दा चम्किलो वस्तुको प्रकाश देख्न पाउनेछन् ।

यो शनीग्रह भन्दा ७ गुणाबढी चम्किलो हुनेछ । त्यस्तै ताराहरुभन्दा १७ गुणा बढी चमक यसले प्रदान गर्नेछ । आइतबार रातीपछि एक सातासम्म रातो ग्रह चम्कियो अवस्थामै रहेनछ ।

प्रत्येक २६ महिनामा यसरी मंगलग्रह पृथ्वीको नजिक आउने गर्दछ । तर, यस पटक अन्यबेला भन्दा धेरै नै नजिक आइपुग्नेछ । मे २२ का दिन मंगलग्रह ७५.६ मिलियन किलोटिर टाढा रहनेछ । जुन ३ सम्म मंगलग्रह चम्किलो देखिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप