बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

२ किलोमिटर लामो किर्तिमानी पिज्जा (फोटोफिचर)

बिहीबार, ०६ जेठ २०७३, १५ : १५
बिहीबार, ०६ जेठ २०७३

नेपल्स – इटलीको नेपल्सलाई पिजाको जननी मानिन्छ । अहिले यही शहरका सेफहरुले विश्वकै सबैभन्दा ठूलो पिजा बनाउने प्रयास थालेका छन् । इटलीको समून्द्रनजिक उनीहरुले २ किलोमिटर लामो संसारकै लामो लामो पिजा बनाउने प्रयास थालेका छन् । यो प्रयास विश्व किर्तिमानका लागि हो ।

यसका लागि उनीहरुले २ हजार केजी पिठो, १६ सय केजी गोलभेडा, २ हजार केजी मोजारेल्ला, २ सय लिटर तेल र १५ सय लिटर पानीको प्रयोग गर्नेछन् । यस कामका लागि १ सय सेफहरु ११ घण्टासम्म खट्नेछन् र उनीहरुले १५ सय ९५ मिटर लामो पुरानो पिज्जाको किर्तिमान भंग गर्ने लक्ष्य राखेका छन् ।

यसअघि मिलान एक्सपोमा राखिएको १५ सय ९५ मिटर लामो पिजाले संसारकै सबैभन्दा लामो पिजाको किर्तिमान बनाएको थियो ।

परम्परागत शैलीमा पिजा तयार पारेर विश्व किर्तिमान राख्ने लक्ष्य शेखहरुले लिएका छन् । यसअघि मिलान एक्पोमा राखिएको पिज्जा बनाउन ६० जना सेफहरुले १८ घण्टासम्म मेहिनत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप