दूध बेचेर मासिक दस हजार आम्दानी
पाल्पा– बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुन्छन् । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थालेका हुन् । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उनी गाईपालनमा लागेका हुन् ।
अहिले बस्यालले दूध बेचेर मासिक रु दस हजार बढी आम्दानी गर्न थालेका छन् । गाईको दूध बेचेर मनग्य आम्दानी हात लागेपछि अहिले गाईको स्याहारसुसार नै दैनिकी बनेको छ । दूध बेचेको आम्दानीले परिवारको लालनपालन र पाँच सन्तानको शिक्षादीक्षाका लागि खर्च जुटेको बस्याल बताउँछन् ।
“आम्दानीको स्रोत भनेकै गाईपालन हो,” उनले भने । दुईवटा गाईले दैनिक पाँचदेखि छ लिटर दूध दिने गरेका छन् । खडेरीका कारण घाँस पानीको समस्या भएको छ । खडेरीले आम्दानी घटाएको बस्यालको गुनासो छ ।
बस्यालको छोरा भारतमा मजदुरी गरी मासिक रु १५ हजारदेखि रु २० हजार आम्दानी गर्छन् । तर बस्याल परिवारले उनलाई पनि पशुपालन व्यवसायमै आवद्ध गराउने सोच बनाएको छ । वृद्ध बस्याल सीपका धनी छन् । उनले आफैँले नाम्लो, दाम्लो, डोको, कुचो बनाउँछन् । पछिल्लो समय जर्सी गाई पालेका किसानले भैँसी भन्दा गाईपालनमा बढी जोड दिएका छन् । जर्सी गाई पालेर दूध बेच्नेको आम्दानी देखेपछि किसान भैँसीभन्दा गाई पालनतर्फ आर्कषित हुन थालेका हुन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण