फर्गुसनको नजरमा यसकारण रोनाल्डो मेस्सीभन्दा उत्कृष्ट
लण्डन – म्यानचेस्टर युनाइडेका पूर्व प्रशिक्षक एलेक्स फर्गूसनले क्रिष्ट्रियानो रोनाल्डो लियोनल मेसीभन्दा उत्कृष्ट रहेको बताएका छन् । रोनाल्डोको प्रशंशा गर्दै फर्गुसनले उनले विश्वका जतिसूकै साना क्लबबाट खेलेपनि ठूला टिमविरुद्ध ह्याट्रिक गर्ने सामथ्र्य रहेको बताए ।
क्रिष्टियानो रोनाल्डो फर्गूसनले प्रशिक्षण दिएका खेलाडीमध्ये प्रिय मानिन्छन् । उनैले रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा प्रमुख खेलाडीका रुपमा चिनाएका थिए ।
पछिल्लो वर्ष रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट भन्ने विवाद चर्कदै गएको छ । सन् २००८ पछि मेसीले ५ वटा फिफा बेलोन डि अर जितेका छन् भने रोनाल्डोले तीनपटक यो अवार्ड जितेका छन् ।
पूर्व प्रशिक्षण फर्गुसनले भनेका छन्–‘केही वर्षयता दुई खेलाडीको तुलना हुने गर्छ । मेसी उत्कृष्ट खेलाडी हुन् । उनले ड्रिबल यति सजिलै गरिदिन्छन् कि मानौं उनी खाली खुट्टै सबै गरिरहेका छन् । तर, उनी बार्सिलोनाको खेलाडी हुन् ।’
उनले भने, ‘रोनाल्डो भने स्टोकपोर्ट काउन्टीजस्तो सानो क्लबबाट खेलेर पनि ह्याट्रिक गर्ने क्षमता राख्छन् ।’ फर्गुसन भन्छन्– ‘उनीसँग सबै छ । उनी दुबै खुट्टाले बल हिर्काउन सक्छन् । हेड गर्न सक्छन् । उनी सिंहभन्दा बहादूर छन् । मेरो समयमा उनले म्यानचेस्टरमा निर्धारित समयभन्दा बढी समय अभ्यास गथ्र्ये ।’
सधैँ बेकह्यामको आलोचना गर्ने गरेका फर्गुसनले प्रशिक्षणबाट सन्यास लिएपछि भने बेकह्यामको पनि प्रशंशा गर्ने गरेका छन् ।
उनले भनेका छन्– ‘ग्यारी नेभिल्ली औसत फुटबलरबाट आफ्नो मेहिनतकै कारण उत्कृष्ट बने । डेभिड बेकह्याम पनि त्यसरी नै चम्किए । तर रोनाल्डो अझै भोका छन् । उनी विश्वकै उत्कृष्ट फुटबलर बन्न चाहन्छन् र त्यसका लागि अझै मेहिनत गर्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण