प्रचण्डको नेतृत्वमा नयाँ नामसहित एकीकृत पार्टीको घोषणा
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरिएको छ ।
बिहिबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरे । थापाले ‘नेकपा माओवादी केन्द्र’ नामको एकीकृत पार्टी घोषणा गर्दा कार्यक्रम हल नेता कार्यकर्ता तथा सुभेच्छुकको तालीले गुञ्जायस भएको थियो ।
बिहिबार बसेको माओवादी एकता संयोजन समितिको बैठकले एकीकरण पछिको नयाँ पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव एकताको औपचारिक घोषणा हुनुअघि बसेको संयुक्त महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको एक नेताहरुले बताएका छन् ।
आज एकीकृत हुनेहरुमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादवको नेकपा माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समुहलगायत रहेका छन् । एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुँदा बादल महासचिव बन्ने सहमति भएको छ ।
उपमहासचिव कृष्णबहादुर महरा बन्ने मोटामोटी सहमति बनिसकेको छ। यसैरी सचिवमा पर्षमान पुन, टोपबहादुर रायमाझी, देब गुरुङ, पम्पा भुसाल, जनार्दन शर्मालगायत आकांक्षी रहेपनि टुंगो लागिनसकेको बताइएको छ । पदीय बाँडफाँडबारे क्रमश निर्णय लिइने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण