फेरि सँगै देखिए विराट र अनुस्का
मुम्बई – निकै उत्कृष्ट फर्ममा रहेका विराट कोहली फेरि एकपटक अनुस्का शर्मासँगै देखिएका छन् । आईपिएलमा रोयल च्यालेन्जर्स बैँगलोरले जीत हासिल गरेपछि अनुस्का विराटलाई बधाई दिन रंगशाला पुगेकी थिइन् ।
१४ मेमा गुजरात लाईन्सविरुद्ध जीत हासिल गरेपछि आरसीबीले पार्टी गरेको थियो । यस पार्टीमा अनुस्का शर्मा पनि पुगिन् । दुबैले एकसाथ फोटो समेत खिचे ।
यसअघि दुईबीच सम्बन्धमा दरार आएको मिडिया रिपोर्टहरु सार्वजनिक भएका थिए ।
यसअघि पनि पार्टीमा भेटिएका थियो यो जोडी
विराट कोहली र अनुस्का शर्मा यसअघि पनि मुम्बईमा एकसाथ डिनर गर्दै गरेको अवस्थामा भेटिएका थिए । अप्रिलमा दुबैले बान्द्रास्थित एक होटल पबमा डिनर गरेका थिए ।
अस्टे«लियाविरुद्ध टी–२० विश्वकपमा भारतले जीत निकालेपछि अनुस्कामाथि भएका टिप्पणीलाई लिएर विराटले ट्वीटरमार्फत आप्mना् रिस पोखेका थिए ।
एशिया कपमा पाकिस्तान विरुद्ध भारतले जीत निकालेपछि अनुस्काले विराटलाई म्यासेज गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण