ड्यानियल क्रेग अब ‘जेम्स बोण्ड’ नबन्ने
काठमाडौं – ड्यानियल क्रेगले अब आफू जेम्स बोण्डको भूमिकामा नदेखिने स्टुडियोका मालिकहरुलाई बताएको बेलायती मिडियाले दाबी गरेको छ ।
बोण्ड सिरिजमा क्रेग सबैभन्दा बढी आम्दानी गर्ने नायक हुन् । उनले ४ चलचित्रबाट ३८ मिलियन पाउण्ड कमाएका छन् । सन् २००५ देखि यस सिरिजमा आबद्ध भएका क्रेगले एमजिएम स्टुडियोका लागि २ बिलियन पाउण्डभन्दा बढीको कमाई गरेका छन् । यसले टाट पल्टिन लागेको स्टुडियोलाई ठूलो राहत प्रदान गरेको थियो ।
स्रोतलाई उल्लेख गर्दै बेलायती मिडियाले लेखेको छ, ‘स्टुडियोले थप दुई चलचित्रको लागि क्रेगलाई ६८ मिलियन पाउण्डको अफर गरेको थियो । तर, उनले प्रस्तावलाई अस्वीकार गरेका छन् ।
हुनत, गत वर्षनै ४८ वर्षीय अभिनेताले अर्को बोण्ड सिरिज गर्नुभन्दा आफ्नो हात काट्नु बेस रहेको एक अन्तरवार्ताको क्रममा बताएका थिए ।
उनको स्थानमा टम हिडल्सन नयाँ बोण्ड बन्ने चर्चा समेत चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण