बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डको अफर बाबुरामद्वारा अस्वीकार, भने, ‘टुटेको हाँगा जोडेर नयाँ रुख बन्दैन’

शुक्रबार, ०७ जेठ २०७३, १४ : ४९
शुक्रबार, ०७ जेठ २०७३

काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टुटेर झरेका रुखका हाँगा जोडेर नयाँ रुख नबन्ने बताउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एकीकरणको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

पार्टी घोषणा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गरेको एकताको आह्वानबारे पत्रकारले गरेको जवाफ दिँदै डा. भट्टराईले भने, ‘हामी अहिले एकताभन्दा पनि ध्रुवीकरणको पक्षमा छौं । एकता र ध्रुवीकरण दुई फरक विषय हुन् ।’

बिहिबार मात्र टुक्रिएका १० माओवादी घटकहरुबीच भएको एकीकरण कार्यक्रममा बोल्दै प्रचण्डले भट्टराई एकता प्रक्रियामा सामेल हुन आह्वान गरेका थिए ।

उनले आफूहरु टुटेको हाँगा रुखमा जोड्नुभन्दा नयाँ रुखनै उमार्न लागेको बताए । आफूहरु सकारात्मक सोच राख्ने बताउँदै प्रतिक्रियाको राजनीतिक गर्न नचाहेको स्पष्ट पारे ।

‘हाम्रो पार्टी घोषणा पनि नयाँ तरिकाले हुन्छ,’ उनले भने, ‘सबै सदस्यले सामुहिक सपथ लिन्छन् र प्रतिबद्धता जनाउनेछन् ।’

उनले राष्ट्रिय भेलामा तीनवटा राजनीतिक प्रतिवेदन पेश हुने जानकारी दिँदै ती प्रतिवदेनलाई जेठ ११ र १२ गतेको बैठकले अनुमोदन  गर्ने र भेलाले  पारित गर्ने बताए ।

त्यस्तै, डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीको तुलना डोनाल्ड ट्रम्पसँग गरेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्पले गर्ने गरेको उट्पट्याङ कुरा गरेकोसँग प्रधानमन्त्री ओलीको भाषणलाई तुलना गर्दै उनले भने, ‘अहिले उनी राष्ट्रिय समस्याबाट ध्यान अन्यत्र मोड्न यस्ता उट्पट्याङ कुराहरु गदैछन् ।’

नयाँ शक्ति पार्टीको घोषणा जेठ ३० गते रंगशालाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप