काभ्रेपलाञ्चोकमा भूकम्पपछि आत्महत्या गर्ने बढे
बनेपा– भूकम्पपछि काभ्रेपलाञ्चोकमा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ ।
घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, घरायसी झैँझगडा, गरिबी र अशिक्षाका कारण धेरैले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धालले देखाएको छ ।
“घरेलु मदिरा सेवन गरेर महिलामाथि हिंसा हुने गरेको र प्रहरीमा उजुरी दिन आउँदा समाजका केही व्यक्तिले मिल्न दबाब दिने गरेको पाइएको छ” – जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले भने ।
प्रहरीले दिएको तथ्याङ्कअनुसार जिल्लामा आव २०७०/७१ मा ९५ जनाले, आव २०७१/७२ मा १०४ र आव २०७२/७३ मा ७१ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गरेकामध्ये अधिकांशले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् भने केहीले हाम फालेर, करेन्ट लगाएर, डुबेर पनि आत्महत्या गर्ने गरेका छन् ।
“आत्महत्या रोक्न परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ” – प्रहरी उपरीक्षक बाँस्तोलाले भने ।
तर जिल्लामा जबर्जस्ती करणी ९बलात्कार०का घटना तीन आर्थिक वर्षमा घटेको देखिएको छ ।
आव २०७०/७१ मा २२, आव २०७१/७२ मा १७ र आव २०७२/७३ मा १४ वटा जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
त्यस्तै जबर्जस्ती करणी उद्योगमा आव २०७०/७१ मा नौ, आव २०७१/७२ मा १५ र आव २०७२/७३ मा नौवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण