साँस्कृतिक पर्वले सहिष्णुता कायम गर्न मद्दत पु¥याउँछ : राष्ट्रपति
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले किराँतको पवित्र पर्व उभौलीका अवसरमा सम्पूर्ण किराँत धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
आज शुभकामना सन्देश दिँदै उनले यस्ता चाडपर्वले नेपालका सबै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् । उभौलीजस्तो परम्परागत साँस्कृतिक पर्वले देशोत्थानमा जुट्न र सबै नेपालीको जीवनस्तर उच्च गराउन थप प्ररणा मिलोस् भनी उनले कामना गरेका छन् ।
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सबै भाषा, धर्म र संस्कृति नेपालीको साझा सम्पत्ति भएको बताएका छन् । आज दिएको शुभकामना सन्देशमा उनले यस पर्वले सम्पूर्ण राजनीतिक दल तथा समूहलाई वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्दै संविधान कार्यान्वयन र समृद्ध राष्ट्र निर्माणका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण