उपेन्द्र यादवलाई धक्का, दर्जनौं नेता कार्यकर्ता सद्भावनामा प्रवेश
काठमाडौं– शक्तिशाली पार्टी बन्ने उद्देश्यका साथ अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर बनेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका केहि नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच टकराब चलिरहेको बेला नेता कार्यकर्ताहरु सद्भावनामा प्रवेश गरेका हुन् । शनिबार मध्यान्ह सद्भावनाको पार्टी कार्यालयमा भएको कार्यक्रमबाट फोरम नेपालको ट्रेड युनियनका संयोजक पल्टन ठाकुरको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता सो पार्टीमा प्रवेश गर्न लागेका हुन् ।
यस्तै महिला नेत्री ऋना यादव, युवा संगठनका नेता राजेन्द्र यादवलगायतका दर्जनौं कार्यकर्ताहरु पनि सद्भावनामा प्रवेश गर्न लागेका छन् । उनीहरुलाई सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच महतोको पार्टीमा प्रवेश गर्न लागेको सुचना प्राप्त भएपछि यादवले शुक्रबार नै पल्टन ठाकुरलाई निस्कासनको घोषणा गरेका थिए । उनीमाथि पार्टी अनुशासन विपरितको काम गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण