बुद्धजयन्तीका अवसरमा मुठ्ठीदान
शनिबार, ०८ जेठ २०७३, १३ : ५९
भक्तपुर– दुई हजार पाँच सय ६० औँ बुद्धजयन्तीका अवसरमा आज एभरेस्ट इङलिस स्कुल, मिबाछेँ, व्यासी भक्तपुरमा आज बौद्ध भिक्षुलाई मुठ्ठी दान गरिएको छ ।
‘शान्तिका प्रतीक गौतमबुद्ध’ नाम दिइएको कार्यक्रममा सोही विद्यालयका एक हजार दुई सय २९ विद्यार्थीले भक्तपुरको मुनि बिहारबाट आएका २० भिक्षु तथा श्रामरेणलाई मुठ्ठीदान गरेका हुन् ।
विद्यार्थीमा सेवा भाव जगाउने उद्देश्यले विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीले चामल, फलफूल, पैसा लगायत सामग्री दिएर मुठ्ठीदान गरेको विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले जानकारी दिए ।
कार्यक्रममा भिक्षु तथा श्रामरेणले पञ्चशील र शान्ति पाठ पढ्नुभएको थियो । त्यस अवसरमा विद्यार्थीले बुद्धका विभिन्न स्वरुपका तस्बिरलाई विद्यालयका विभिन्न स्थानमा टाँसी बुद्धको महत्वबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्ने कुरा सबैलाई थाहा भए तापनि यो विषयलाई विश्वमा लैजानुपर्नेमा जोड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण