गुरु गोरखनाथको जन्मजयन्तीका अवसरमा गोरख पूजा
काठमाडौँ – महायोगी गुरु गोरखनाथको प्रकट जन्मजयन्तीको अवसरमा आज गोरखविधि अनुसार गोरख पूजा गरिएको छ ।
ॐ सेना नेपालले आज रत्नपार्क शान्तिबाटीकाभित्र रहेको गुरु गोरखनाथको मूर्तिमा गोरख विधि, साधु, सन्त भण्डारा दक्षिणासहित पूजाआजा गरेको हो ।
पूजाका अवसरमा ॐ सेना नेपालका अध्यक्ष धनबहादुर कुँवर (जङगे)ले पछिल्लो समयमा देशमा अशान्ति, बेथिति, भ्रष्टाचार, कालोबजारीलगायत बढ्दै गएकाले त्यसको शान्तिका लागि यो पूजाको आयोजना गरिएको जानकारी दिए । गोरख पूजाका मुख्य व्यवस्थापक पुरुषोत्तमकुमार शाहीले गोरखनाथको आर्शीवादले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेर मुलुकलाई एक ढिक्का बनाएकाले गुरु गोरखनाथलाई सदैव सम्झना गर्नुपर्ने बताए । सो अवसरमा नाथ सम्प्रदायका योगीजीहरुले गोरख विधि विधानअनुसार पूजा गरेका थिए । धर्म, राष्ट्ररक्षा र देशको स्थायित्वका लागि आफूहरु जस्तोसुकै जोखिम मोल्न तयार रहेको जङ्गेले बताए । कार्यक्रममा पञ्चेबाजा, भजनकिर्तन गोरख झन्डोत्तोलन गरिएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण