बाढीले बगाएर नेपाली भूमि भारतमा, करिब आठ अर्बको क्षति
वैतडी– विसं २०७० मा महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर जमिन भारतमा गएको देखिएको अनुसन्धानकर्ता अध्ययन टोली प्रमुख डा। महेन्द्रबहादुर गुरुङले बताए । उनले भने “महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाममा मात्रै रु सात अर्ब ९० करोड बराबरको क्षति भएको छ ”
टोलीले गरेको अनुसन्धानले बाढीपछि दार्चुला सदरमुकामवासीमा मनोवैज्ञानिक त्रास समेत देखिएको अनुसन्धानकर्ता केदारचन्द्र भट्टले बताए । सन् २०१४ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धान व्यक्तिगत क्षति, सार्वजनिक क्षति र अप्रत्यक्ष क्षतिको समेत एक वर्षको तथ्याङ्क लिइएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जनाएको छ । महाकालीमा आएको बाढीले पु¥याएको क्षति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धका बारेमा अनुसन्धान गरेपछि क्षतिको यो विवरण आएको हो ।
महाकाली नदीमा २०७० असार २ र ३ गते बाढी आएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण